Logo
Logo

प्रधानमन्त्री ओलीले आज चितवनमा सम्बोधन गर्दै


- दृष्टि संवाददाता

252
Shares

चितवन, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज केन्द्रीय बस टर्मिलनमा हुने जनसभालाई सम्बोधन गर्दैछ । भरतपुरको गोन्द्राङ–नारायणगढ ६ लेन सडक विस्तार तथा भरतपुरमा बन्ने बहुउद्देश्यीय सिटी हल शिलान्यास गर्न आएका प्रधानमन्त्रीले सोही अवसरमा जनसभालाई सम्वोधन गर्न लागेका हुन् । उक्त सभामा ५० हजारको जनसहभागीता रहने दावी ओली पक्षको छ ।
विभिन्न चार विभागीय मन्त्रीसहित चितवनमा उनले भरतपुरको गोन्द्राङ–नारायणगढ ६ लेन सडक विस्तार तथा भरतपुरमा बन्ने बहुउद्देश्यीय सिटी हल शिलान्यास गर्दैछन् । ओलीका साथमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, भौतिक योजना पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ, शहरी विकास मन्त्री प्रभु शाह, राज्यमन्त्री रामवीर मानन्धर चितवन रहेका छन् ।
नेकपा ओली पक्षकी नेतृ एवं राष्ट्रियसभा सांसद पार्वती रावलले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओली विहान ११ बजे भरतपुर आइपुग्ने कार्यक्रम छ । विहानको मौसम नखुलेकाले केही ढिला हुनसक्ने उनले बताइन् ।
प्रधानमन्त्री ओली भरतपुर आएलगत्तै विमानस्थल गेटनजिकै पूर्वपश्चिम राजमार्गको छेउमा गोन्द्राङ–नारायणगढ ६ लेन सडक शिलान्यास गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्