Logo
Logo

कदममा ५० जनाभन्दा बढी सर्जकद्धारा सिर्जना वाचन


- दृष्टि संवाददाता


दमक, १७ माघ । झापाको दमकस्थित कदम थिएटरले शनिबार रचना वाचन कार्यक्रम गरेको छ । सोही अवसरमा काव्य उपसमिति समेत गठन गरेको छ ।
दमक ९ स्थित कदमको कार्यालयमा रचना वाचन र चिया गफ आयोजना गर्दै दधीराम ढकालको अध्यक्षतमा ९ सदस्यीय समिति चयन गरिएको हो ।
दमकको साहित्यिक माहौललाई फेरि उज्यालो बनाउने उद्देश्यका साथ समिति गठन गरिएको कदमका कार्यसमिति सदस्य एवम् कला निर्देशक सिजन दाहालले जानकारी दिए ।
समितिमा प्रकाश शर्मा अधिकारी, सुमन लिङ्देन, करिना बास्तोला र सपना लिम्बू क्रमशः उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्ष रहेका छन् । त्यस्तै सदस्यहरूमा प्रकाश खनाल, जेनिशा भन्डारी, मनोज भट्टराई र दीक्षा तामाङ छन् ।

शनिबार सम्पन्न रचना वाचन र चिया गफ कार्यक्रममा दमकदेखि बिर्तामोड सम्मका ५० जना भन्दा बढी सर्जकहरूले सिर्जना सुनाउनुका साथै चियाको स्वादको जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्