Logo
Logo

गुप्तचरका इन्सपेक्टर बलात्कार मुद्दामा पक्राउ


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १ फागुन ।
राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत(इन्सपेक्टर)लोकराज जोशी बलात्कार मुद्दामा पक्राउ परेका छन् । आफ्नै प्रेमिकाले उनीविरुद्ध उजुरी दिएकी हुन् ।


उनलाई अदालतले समेत पुर्पक्षका लागि जेल चलानको आदेश दिएको छ । लोक सेवा आयोगको तयारीकी क्रममा भेटिएकी कञ्चनपुर घर भएकी एक अनमीसँग उनी प्रेम सम्बन्धमा गाँसिएका थिए । उनीहरुबीच सहमतिमै सम्बन्ध समेत कायम भयो । पछि सम्बन्धमा खटपट भएपछि युवतीले बलात्कार मुद्दाको उजुरी दिएकी हुन् ।
बलात्कार मुद्दामा फसाउने भन्दै ती महिलाले पटक पटक जोशीलाई धम्काएकी पनि थिइन् ।

प्रतिक्रिया दिनुहोस्