Logo
Logo

महिला फुटबल : चन्द्रपुरलाई हराउँदै पुलिस दोस्रो स्थानमा उक्लियाे


- दृष्टि संवाददाता

315
Shares

काठमाडौं, १८ माघ । राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लबले सहज जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा पुलिसले रौतहटको चन्द्रपुर नगरपालिकाविरुद्ध ३–१ को जित निकालेको हो ।

पुलिसलाई जित दिलाउन निर्मला विक, निरु थापा र अनुष्का शेर्पाले एक–एक गोल गरिन् । चन्द्रपुरकी सबिता राना मगरले एक गोल फर्काईन् ।

खेलको २८ औं मिनेटमा निर्मलाले गोल गर्दै पुलिसलाई अग्रता दिलाइन् । उनले निरु थापाको हेड बल पोस्टमा लागेर फर्किएको बललाई गोलमा परिणत गरेकी थिइन् । तर पुलिसको अग्रता धेरैबेर टिक्न सकेन । खोलको ४० औँ मिनेटमा न्द्रपुरले बराबरी गोल फर्कायो । उसका लागि सविताले गोल गरिन् ।

खेलको ५० औं मिनेटमा पुलिसले २–१ को अग्रता बनायो । परिवर्तित खेलाडी रेखा पौडेलले मिलाएको पासलाई डिबक्स भित्रबाट निरुले सहजै गोल गरिन् । प्रतियोगितामा निरुको यो पहिलो गोल हो । त्यसपछि खेलको इन्जुरी समयमा अनुष्काले गोल गर्दै पुलिसलाई ३–१ को जित दिलाईन् ।

जितसँगै पुलिस लिगको दोस्रो स्थानमा उक्लिएको छ । पुलिसले ५ खेलमा ८ अंक जोडेको छ । छैटौं स्थानको चन्द्रपुरले ५ खेलमा ३ अंक जोडेको छ ।

प्रतियोगिता अन्तर्गत सोमबार दुई खेल हुनेछन् । पहिलो खेलमा विराटनगर र आर्मी तथा दोस्रो खेलमा एपीएफ र चौदण्डीगढी भिड्ने छन् ।

प्रतिक्रिया दिनुहोस्