Logo
Logo

हेलीकप्टरबाट खप्तड र बडिमालिक दर्शन गर्न पाइने


नन्दा थापा


तस्बिर : वित्रेणीखबर

बाजुर १९ माघ । सुदूरपश्मिचकै धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकामा ‘हेलीटुर’ सेवा सुरु भएको छ । खप्तड होमस्टेको सहयोगमा दिपायलदेखी बाजुराको बडिमालिकासम्म ‘हेली टुर’ सुरु गरिएको हो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्याकारी अधिकृत डा. धनन्जय रेग्मी र बोर्डका सदस्य कृष्ण महाराले हेली टुरको शुभारम्भ गरेका हुन । पहिलो पटक सञ्चालन गरिएको टुर माघ २५ गतेसम्म चल्ने खप्तड होमस्टेका सञ्चालक दिपक खड्काले जानकारी दिए ।

सुदुरपश्चिमकै धरोहरको रुपमा रहेको बाजुराको बडिमालिका र खप्तडको पर्यटन प्रर्वदन गर्न माउन्टेन हेलीकप्टरसँगको समन्वय तथा खप्तड होमस्टेको सहयोगमा सो प्याकेज ल्याइएको हो ।

‘धर्तीको स्वर्ग बडिमालिका जाँउ, धार्मिक महिमा पुन्य कमाउ’ भन्ने नारासहित सुरु भएको यो प्याकेजमा सहभागीले दिपायल–बडिमालिका उडानमा प्रतिव्यक्ति २७ हजार ५ सय तिर्नुपर्ने बताइएको छ ।

एक उडानमा कम्तिमा चार जना सहभागी हुनुपर्ने नियम रहेको छ । सुदुरका पर्यटन क्षेत्रको विकासमा हेली प्याकेजले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्