Logo
Logo

ओली आजबाट नेकपाको साधरण सदस्य पनि रहेनन्


- दृष्टि संवाददाता

11.4k
Shares

काठमाडौं, १९ माघ । प्रधानमन्त्री केपी ओलीलाई साधारण सदस्यबाटै निष्कासन गर्ने स्थायी कमिटीकाे निणर्यलाई प्रचण्ड–माधव समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अनुमोदन गरेको छ ।

गएको माघ ११ गते पेरिसडाँडामा बसेको प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको सदस्यबाट हटाउने निर्णय गरेको थियो । उक्त निर्णयलाई आज सोमबार बसेको केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको हो ।

यस्तै आजको बैठकले विष्णु पौडेललाई महासचिव पदबाट हटाउने निर्णयसमेत गरेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नआएकाले ओलीलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको हो’,प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘पौडेललाई साधारण सदस्यबाट कारबाही गरिएको छैन । उहाँको जवाफ आएपछि यसबारे पार्टीले निर्णय गर्छ होला।’

 

 

प्रतिक्रिया दिनुहोस्