Logo
Logo

चौदन्डीगढीको पोस्टमा एपीएफको २२ गोलको वर्षा, सावित्रा एक्लैको १२ गोल


- दृष्टि संवाददाता

14.9k
Shares

काठमाडौं, १९ माघ । नेपाली राष्ट्रिय महिला फुटबलमा एपीएफले उदयपुरको चौदन्डीगढी नगरपालिकालाई २२-० गोल अन्तरले पराजित गरेको छ ।

एपीएफका स्टार खेलाडी सावित्रा भण्डारी एक्लैले १२ गोल गरिन् । यस्तै कप्तान अनु लामाले पाँच गोल गर्दा उपकप्तान अनीता बस्नेतले ३ गोल गरिन् । रेनुका नगरकोटी र सरु लिम्बूको नाममा एक-एक गोल रह्यो ।

खेलको पाँचौ मिनेटमा सावित्राको गोलबाट एपीएफले खाता खोलेको थियो । आठौं मिनेटमा अनिता बस्नेतले गोल गर्दै एपिएफको अग्रता दोब्बर पारिन् । ११औं मिनेटमा अनु लामाले गोल गर्दै एपिएफलाई ३-० ले अघि बढाइन् ।

१४औं मिनेटमा अनुले गोल गरेपछि एपिएफ ४-० ले अघि बढ्यो ।  १८औं मिनेटमा टोलीका लागि पाँचौं गोल गरिन्। २०औं मिनेटमा अनुले ह्याट्रिक पुरा गर्दै एपिएफलाई ६-० ले अघि बढाइन् ।

२६औं मिनेटमा अनुले व्यक्तिगत चौथो गोल गरिन् । ३१औं मिनेटमा रेनुका नगरकोटीले गोल गर्दै खेललाई ८-० को फराकिलो स्थितिमा ल्याइन् । ३२औं मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै खेललाई ९-० को स्थितिमा ल्याइन् ।

३३औं मिनेटमा सावित्राले गोल गर्दै ह्याट्रिक पुरा गर्दा एपिएफलाई १०-० ले अघि बढाइन् । ३४औं मिनेटमा सावित्राले व्यक्तिगत चौथो गोल गर्दै खेललाई ११-० को स्थितिमा ल्याइन् । ३८औं मिनेटमा सावित्राले व्यक्तिगत पाँचौ गोल गर्दै खेललाई १२-० ले अघि बढाइन् ।

४७औं मिनेटमा सावित्राले दोहोरो ह्याट्रिक पुरा गर्दै खेललाई १३-० को स्थितिमा पु¥याइन् । ४९औं मिनेटमा अनिताले गोल गर्दा टोली १४-० ले अघि रह्यो । ५५औं मिनेटमा सावित्राले व्यक्तिगत सातौ गोल थपिन् । ६२औं मिनेटमा सावित्राले व्यक्तिगत आठौं गोल गर्दा एपिएफ १६-० ले अघि रह्यो ।

६४औं मिनेटमा सावित्राले तेहोरो ह्याट्रिक पूरा गरिन् । ६५औं मिनेटमा अनुले गोल गर्दै एपिएफलाई १८-० ले अघि बढाइन् । ६७औं मिनेटमा अनिता गोल थप्दै ह्याट्रिक पूरा गरिन् । ७२औं मिनेटमा सावित्राले पेनाल्टीमा गोल गर्दा टोलीलेको अग्रता २०-० को पुगेको थियो ।

७९औं मिनेटमा सावित्राले व्यक्तिगत ११औं गोल गर्दै एपिएफलाई २१-० ले अघि बढाइन् । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा सावित्राले व्यक्तिगत १२औं गोल गर्दै एपिएफलाई २२-० को फराकिलो जित दिलाइन् ।

यससँगै एपीएफले लिगमा लगातार छैटौं जित निकालेको छ । एपीएफले ६ खेलमा १८ अंक जोडेको छ । एपीएफ शीर्ष स्थानमा यथावत् छ । चौदन्डीगढीको यो लगातार छैटौं हार हो ।

प्रतिक्रिया दिनुहोस्