Logo
Logo

सत्यमोहन जोशीको तस्वीर अंकित हुलाक टिकटमा राष्ट्रपतिको टाँचा


- दृष्टि संवाददाता


काठमाडौं, २० माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको तस्वीर अंकित हुलाक टिकटमा टाँचा लगाएकी छन् । फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयद्वारा आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले जोशीको तस्वीर अंकित हुलाक टिकटमा टाँचा लगाएकी हुन् ।

चैत ९ गते बसेको मन्त्रिपरिषदको बैठकले शताब्दी पुरुष जोशी र स्वर्गीय राष्ट्रकवि माधवप्रसाद घिमिरेको तस्वीर अंकित हुलाक टिकट प्रकाशन गर्ने निर्णय गरेको थियो । जोशीको तस्वीर अंकित रु १० को हुलाक टिकट १० लाख थान छापिएको हुलाक टिकट व्यवस्थापन कार्यालयले जनाएको छ ।

यसअघि जोशीको सम्मानमा राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाले चाँदीको दुई हजार पाँच सयका २५ हजार थान, एक हजारका २५ हजार र एक सयका १० हजार थान दरको सिक्का निष्काशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्