Logo
Logo

संसद् पुनःस्थापना हुनेमा विश्वस्त छु : जनार्दन शर्मा


- दृष्टि संवाददाता

252
Shares

चितवन, २० माघ । पूर्वगृहमन्त्री जनार्दन शर्माले संविधानको रक्षा गर्न संसद् पुनःस्थापना गर्नुपर्ने बताएका छन् । संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालको स्थापना दिवस तथा तेस्रो साधारणसभालाई सम्बोधन गर्दै उनले संसद् पुनःस्थापना हुनेमा आफू विश्वस्त रहेको बताए ।

उनले एम्बुलेन्स चालकलाई सरकारी कर्मचारीको रुपमा स्थापित गर्दै जनतालाई सहज स्वास्थ्य उपचार दिनुपर्नेमा जोड दिए । सङ्कटको अवस्थामा अग्र मोर्चामा रहने एम्बुलेन्स चालकले सेवा दिने गरेको भन्दै नेकपा नेता शर्माले उनीहरूको प्रशंसा गरे । उनले बिरामीको अवस्था हेरेर महङ्गो होइन सहज हुने अस्पतालमा लैजान अनुरोध गरे ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले संवेदनशील क्षेत्रमा जोखिम मोलेर काम गर्ने एम्बुलेन्स चालकलाई राज्यपक्षबाट सहयोग हुनुपर्नेमा जोड दिइन् । उनले स्थानीयस्तरबाट हुन सक्ने सहयोगका लागि आफू तयार रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्