Logo
Logo

प्रचण्ड-माधवको आमहड्ताल : भोलि के-के खुल्छ ? के-के बन्द हुन्छ ?


- दृष्टि संवाददाता

27.2k
Shares

काठमाडौं, २१ माघ । नेकपा प्रचण्ड–माधव समूहले सरकारले संवैधानिक निकायमा गरेको नियुक्तिको विरोधमा भोलि (बिहीबार) आमहड्ताल गर्ने घोषणा गरेको छ ।

बुधबार बिहान विभिन्न संवैधानिक निकायमा नियुक्त पदाधिकारीहरूले राष्ट्रपति कार्यालय शीतल निवासमा सपथ लिएका थिए । सरकार र राष्ट्रपति मिलेर असंवैधानिक रुपमा संवैधानिक निकायहरूमा नियुक्ति गरेको भन्दै प्रचण्ड-माधव समूहले आकस्मिक रुपमा बिहीबार देशब्यापी आम हड्ताल गर्ने घोषणा गरेको हो ।

प्रचण्ड–माधवको समूहले आह्वान गरेको आमहड्तालका क्रममा अस्पताल, एम्बुलेन्स, पानी, दूध, मिडिया, औषधिलगायतका अत्यावश्यक सेवाहरुमा अवरोध नगर्ने स्पष्ट पारेको छ । यस्तै विद्यार्थीहरुको परीक्षा सञ्चालनमा पनि कुनै अवरोध नहुनु प्रचण्ड–माधव समूहले जनाएको छ । यातायत, पसल, उद्योग व्यवसाय, कलकारखाना र शिक्षण संस्था बन्द हुने प्रचण्ड–माधव समूहले जनाएको छ ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले संवैधानिक निकायहरुमा गरिएको नियुक्ति बल मिच्याई र निरंकुशतन्त्रको पराकाष्ट भएको बताए । त्यसको विरोधमा आम अड्ताल गर्नु आफूहरुको बाध्यता भएको भन्दै उनले बताए ।

संयोजक श्रेष्ठका अनुसार २८ गते काठमाडौंमा जनसभा गर्ने कार्यक्रम यथावत नै राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्