काठमाडौं, २१ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सात दिनभित्र लिखित जवाफसहित उपस्थित हुन सर्वोच्चले अदालतले आदेश दिएको छ ।
बुधबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अदालतको अवहेलना सम्बन्धी मुद्दामा प्रचण्डका नाममा यस्तो आदेश जारी गरेको हो । अध्यक्ष प्रचण्डविरूद्ध माघ १९ गते अधिवक्ता समिर हायूले अदालतको अपहेलनाको मुद्दा दर्ता गरेका थिए ।
यसअघि सर्वोच्चले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानन्यायाधीशहरू मिनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, अनुपराज शर्मा र सुशीला कार्की तथा पूर्वसभामुख दमननाथ ढुंगानालाई अवहेलना मुद्दामा सात दिन भित्र नै लिखित जवाफसहित उपस्थित हुन आदेश गरेको थियो ।
प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधि सभा विघटनविरूद्धको मुद्दामा अहिले सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भैरहेको छ।












