Logo
Logo

आमहड्तालको पूर्वसन्ध्यामा प्रचण्ड-माधव समूहले निकाल्याे राँके जुलुस


- दृष्टि संवाददाता

1.6k
Shares

काठमाडौं, २१ माघ । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूह निकटको अनेरास्ववियूले काठमाडौंमा मशाल जुलुस निकालेको छ ।

बुधबार काठमाडौंको बागबजारस्थित अनेरास्ववियूको कार्यालयबाट सुरु भएको मशाल जुलुस पद्म कन्या क्याम्पससम्म पुगेर पुन: अनेरास्ववियूको कार्यालय रहेको स्थानसम्म आई कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघका युवा नेता पारुल क्षत्रीले (भोलि) बिहीबार तोकिएको देशव्यापी आम हड्तालमा सरकारी गाडी आवतजावतमा पनि छुट नहुने चेतावनी दिएका छन ।

‘भोलिको आम हड्ताल हाम्रो शान्तिपूर्ण हुनेछ,’ नेता क्षत्रीले भने, ‘यदि हड्ताल अवज्ञा गर्दै सरकारी गाडी आवतजावत गरे हामी चाबी खोस्न पछि हट्दैनौं।’

प्रतिक्रिया दिनुहोस्