Logo
Logo

जनताले कति दु:ख पाए भनेर तमासा हेर्न प्रचण्ड गाडीमा निस्किए : ओली


- दृष्टि संवाददाता

1.8k
Shares

काठमाडौं, २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव समूहसँग कार्यकर्ता नै भएको बताएका छन् । राजधानीमा आफू निकट किसान संघको भेलामा उनले पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल कार्यकर्ता बिहिन भएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले प्रचण्ड गाडी लिएर जनताले कति दु:ख पाए भनेर हेर्न हिँडेको पनि बताए । प्रधानमन्त्री ओलीले भने, ‘जनताले कति दु:ख पाए भनेर गाडीमा तमासा हेर्न हिँडेका छन् । कार्यकर्ता सकिएछन्, आफै हिँड्याछन् । कार्यकर्ता छैनन् सिद्धिएछन् । कार्यकर्ता जति सबै यतै छन् ।’

बिहीबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल खुमलटारबाट गाडी लिएर बन्दको निरीक्षण गर्न निस्किएका थिए । उनले पुल्चोकमा आएर एकछिन बसेर नेता कार्यकर्तासँगै नारा पनि लगाएका थिए । त्यस्तै अर्का अध्यक्ष माधवकुमार नेपाल पनि बन्दको निरीक्षण गर्न सडकमा निस्किएका थिए । त्यसैलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले उनीहरू तमासा हेर्न सडकमा निस्किएको बताएका हुन् ।

प्रचण्ड–नेपालले ओलीको र्‍याली ‘पञ्च र्‍याली’ भएको आरोप समेत लगाए । आज प्रचण्ड-नेपाललाई जवाफ दिँदै ओलीले उनीहरुको पक्षमा कोही नभएको दलील प्रस्तुत गरेका हुन् । प्रचण्ड-नेपालले बाटामा भेटिने सबैलाई धम्की दिँदै हिँडेको समेत बताए । उनले भने, ‘ुप्रहरी प्रशासनलाई धम्काउन थालेका छन् । धाक धक्कु लगाउनुहुन्छ । प्रमुख जिल्ला अधिकारी, एसपी डिएसपीलाई बाटामा हप्किदप्कि गर्नुहुन्छ ।’

सशस्त्र आन्दोलनका बेलाको जस्तै प्रचण्डलाई छुट नहुने भन्दै ओलीले उनी कानुनी राज्य अनुसार चल्नु पर्ने बताए । उनले भने, ‘लोकतन्त्र कानुनी राज हुन्छ। प्रचण्डलाई म सम्झाउन चाहन्छु ति दिन गए ।’

प्रतिक्रिया दिनुहोस्