Logo
Logo

देशका विभिन्न भागमा आंशिकदेखि हल्का वर्षा हुने


- दृष्टि संवाददाता

441
Shares

काठमाडौं, २३ माघ । आज देशभर मौसम आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विहान सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रहनेछ ।

त्यस्तै काठमाडौं सहित बागमती प्रदेशका केही स्थानमा आंशिक बदली रहने महाशाखाको अनुमान छ । क्रमशः यो प्रणाली सर्दै पूर्वतर्फ जानेछ । प्रदेश १ मा वर्षा हुने अनुमान गरिएको छ ।

काठमाडौंको आजको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजेको तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

दिउँसो काठमाडौंको मौसम बदली हुने छ भने तापक्रम १६–१८ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ । देशका उच्च पहाडी र हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्