काठमाडौं, २३ माघ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक अंगहरुमा अवैधानिक नियुक्ति गरेको भन्दै नागरिक समाजले शीतल निवास नजिक मार्च पास गरेको छ ।

आज बिहानै भएको मार्च पासमा नागरिक अगुवाहरुको उल्लेख्य सहभागिता रहेको थियो । अवैधानिक नियुक्ति मान्दैनौं, संविधान कहाँ छ ?, सत्ता कब्जा मुर्दावाद लेखिएको पम्पलेट प्रदर्शन गरिएको थियो ।
प्रतिगमन विरुद्ध बृहत नागरिक आन्दोलन नाम दिइएको सो मार्चपास पद्यरत्न तुलाधर निवास परिसरबाट लैनचौरदेखि शीतल निवास पुग्नु अघिको निषेधित क्षेत्रसम्म गरिएको थियो । गत माघ २१ गते संवैधानिक अंगहरुमा अवैधानिकरुपमा पदाधिकारी नियुक्त गरिएको थियो ।











