Logo
Logo

‘अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार’ शम्भु श्रेष्ठलाई


- दृष्टि संवाददाता

9.3k
Shares

काठमाडौं, २३ माघ । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले यस वर्षको ‘अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार’ बरिष्ठ पत्रकार तथा दृष्टि साप्ताहिकका सम्पादक/प्रकाशक शम्भु श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ । काठमाडौं शाखाको २२औँ साधारणसभाको अघिल्लो दिन शुक्रबार विभिन्न पुरस्कार तथा सम्मान घोषणा गरेको हो ।
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको २२औँ साधारण सभा शनिबार प्रज्ञा भवनमा हुँदैछ । शाखाले आफ्नो पुर्वसभापति अशोक श्रेष्ठलगायत अन्य दिवंगत पत्रकारहरुको स्मृतिमा स्थापना गरेको पुरस्कार तथा सम्मान सो अवसरमा वितरण गर्न लागेको हो ।
यसअघि ७ वटा पुरस्कार तथा सम्मान रहेकोमा १०औँ अधिवेशन यता शाखाले वरिष्ठ तथा कर्मठ ६ पत्रकार गुमाएको छ । विगतका ७ र यो पटक थपिएका ६ गरी १३ जना अग्रजहरुको नाममा प्रतिव्यक्ति रु. २० हजार नगद र सम्मान पत्रसहित पुरस्कृत गर्न लागेको शाखा अध्यक्ष शान्तराम विडारीद्वारा प्रेषित विज्ञप्तिमा जनाइएको छ ।
यस पटक ‘अशोक श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार’ बरिष्ठ पत्रकार राजेन्द्र स्थापित ‘शक्ति लम्साल स्मृति पत्रकारिता पुरस्कार’ बलराम थापा र ‘जसुदा प्रधान स्मृति पत्रकारिता पुरस्कार’ देबेन्द्र चुडाललाई प्रदान गरिने भएको छ ।
यस्तै, ‘शोभा शाह स्मृति पत्रकारिता पुरस्कार’ निर्मला शर्मा, ‘डम्बर गिरी स्मृति पत्रकारिता पुरस्कार’ विश्वराज किरात, ‘वाशुदेव दाहाल स्मृति पत्रकारिता पुरस्कार’ इन्द्र रिजाल, ‘मुरारी गौतम स्मृति पत्रकारिता पुरस्कार’ निरोधराज पाण्डे र ‘चक्रपाणी नेपाल स्मृति पत्रकारिता पुरस्कार’ ज्ञान उदासलाई प्रदान गर्ने निर्णय गरेको छ ।
यस्तै, ‘रामचन्द्र हुमागाँइ स्मृति पत्रकारिता पुरस्कार’ इश्वरीप्रसाद वाग्ले, ‘गोविन्द शर्मा स्मृति पत्रकारिता पुरस्कार’ मानध्वज लामा, ‘एमडी कुलुङ स्मृति पत्रकारिता पुरस्कार’ टिवी विरही, ‘तारा न्यौपाने स्मृति पत्रकारिता पुरस्कार’ गोपाल बुढाथोकी र ‘फणिन्द्र दाहाल स्मृति पत्रकारिता पुरस्कार’ दामोदरप्रसाद दवाडीलाई प्रदान गरिँदैछ ।

प्रतिक्रिया दिनुहोस्