Logo
Logo

देश अब पानी जहाजको युगमा प्रवेश गरेको छ : प्रम


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले अब केही महिनामै पानी जहाजको टिकट पाइने बताएका छन् । ललितपुरको एकान्तकुनामा बिहीबार ‘नेपाल पानी जहाज कार्यालय’को उदघाटन गर्दै प्रधानमन्त्री भने, ‘हामीलाई जिस्काउलान् तर केही महिना पर्खनुस् । टिकट पाइन्छ ।’ उनले देश अब पानी जहाजको युगमा प्रवेश गरेको समेत बताएका छन् ।
प्रधानमन्त्री ओलीले नेपालको राष्ट्रिय ध्वजाबाहक पानी जहाज छिट्टै चल्ने बताउँदै भने, ‘पानी जहाज कार्यालय जागीर खुवाउनका लागि होइन, देशलाई एक कदम अघि बढाउन खुलेको हो ।’
भारत भ्रमणको क्रममा रक्सौल–काठमाडौं रेल र पानी जहाजको कुरा आफूले उठाएको स्मरण गर्दै प्रधानमन्त्री आली केही दिनभित्र काठमाडौंबाट कोशी नदीसम्म सामान लगेर त्यहाँबाट पानी जहाजमार्फत ओसार्न सकिने बताए ।
कार्यक्रममा बोल्दै भौतिक योजना तथा पूर्वाधार मन्त्री रघुवीर महासेठले प्रधानमन्त्रीको निर्देशनमा कार्यालय स्थापना गरिएको र छिट्टै राष्ट्रिय झण्डा राखेर पानी जहाज कुदाउने बताए । सडक र हवाईभन्दा जलमार्गबाट सामान ढुवानी गर्न वातावरणीय दृष्टिले उपयुक्त हुने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार ललितपुरको एकान्तकुनास्थित नेपाल पानी जहाज कार्यालयको उद्घाटन गर्दैै ।

प्रतिक्रिया दिनुहोस्