Logo
Logo

‘बैतडी घटना निर्मला पन्तको जस्तो नहोस्’


- दृष्टि संवाददाता

756
Shares

काठमाडौं, २४ माघ । नेकपा प्रचण्ड–माधव समूहले बैतडी दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यामा संलग्नलाई कडा कारबाही गर्न माग गरेको छ ।


शनिबार पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गर्दै दोषीमाथि कारबाही गर्न माग गरेको छ । सरकारलाई विज्ञप्तिमार्फत निर्मला पन्त हत्या प्रकरणका अनुसन्धानजस्तै यस घटनामा गैरजिम्मेवार नबन्न अनुरोध गरिएको छ ।

निर्मला पन्तको हत्या र त्यसमा न्याय नपाएको अवस्थाले सिर्जना गरेको जनाक्रोश सेलाउन नपाउँदै बैतडीमा घटेको घटनाले आम नागरिकलाई शान्ति सुरक्षा दिन राज्य संयन्त्र असफल भएको तथ्य प्रमाणित गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्