Logo
Logo

प्रतिनिधिसभा विघटनविरुद्ध दलित मुक्ति संगठनद्वारा सडक अन्तरक्रिया


- दृष्टि संवाददाता

315
Shares

काठमाडौं, २५ माघ । नेपाल दलित मुक्ति संगठन केन्द्रीय संघर्ष समितिले प्रतिनिधिसभा विघटनविरुद्ध सडक अन्तरक्रिया आयोजना गरेको छ । आइतबार माइतीघरमा संगठनले सडक अन्तरक्रिया गरेको हो । विरोध ¥यालीसहित संगठनले सरकारको ‘असंवैधानिक र प्रतिगमनकारी कदमविरुद्ध’ सडक अन्तरक्रिया गरेको जनाएको छ ।
नेपाल दलित मुक्ति संगठनको सहइन्चार्ज दलजित श्रीपाईलीले प्रधानमन्त्रीले संविधान मिचेकाले आन्दोलन गर्नुपरेको बताए ।
उनले प्रधानमन्त्रीको कदमले आफुहरुको अधिकार हनन भएकाले अधिकार स्थापीत गर्न सडकमा आउनुपरेको धारणा राखे । आफ्नो अधिकार खोसिएको महसुर गरिएकाले र गणतन्त्रको रक्षा गर्नका लागि सडकमा आएको उहाको भनाई छ । सहभागीहरुले संसद पुर्नस्थापना गर्नुपर्ने भन्दै नारावाजी समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्