Logo
Logo

‘लभ स्टेशन’को घाम जुन चाहिँदैन.. (भिडियो)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ फागुन । अभिनता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ मुख्य भूमिकामा रहेको फिल्म ‘लभ स्टेशन’को नयाँ गीत ‘घाम जुन चाहिँदैन’ सार्वजनिक भएको छ । यो गीत भ्यालेन्टाईन डेको अबसर पारेर बिहिबार सार्वजनिक गरिएको हो ।
आगामी २२ चैतबाट रिलिज हुने ‘लभ स्टेशन’ यस गीतमा दीपक शर्माको शब्द संगीत रहेको छ भने स्वर सुगम पोखरेल र रेश्मा पुन मगरको स्वरको छ ।
छायांकनको हिसाबले गीतको भिडियो निकै सुन्दर बनेको छ । यस गीतलाई भियतनामको विश्वभर चर्चित लोकेशन दानांङ, बाना हिल, ड्राईगन ब्रिज, हालम्बे, हानोई र इन्डोनेशियाको बालीमा यो गीतको छायांकन गरिएको हो ।
यो फिल्म प्रेम कथासँगै ‘लस्ट एन्ड फाउन्ड’ स्टोरीमा आधारित रहेको अभिनेता प्रदीपले बताएका छन् । उज्ज्वल घिमिरेले निर्देशन गरेको यस फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्