Logo
Logo

राष्ट्रिय महिला लिग : विराटनगरमाथि पुलिसको सहज जित


दृष्टि संवाददाता

378
Shares

काठमाडौं, २७ माघ । राजधानीमा जारी राष्ट्रिय महिला लिगमा विभागीय नेपाल पुलिस क्लबले विराटनगर महानगरपालिका मोरङमाथि सहज जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा पुलिसले विराटनगरलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

पुलिसलाई सहज जित दिलाउनको लागि फरवार्ड निरु थापाले दुई गोल गरिन् । थप एक गोल निर्मला उपाध्ययले गरिन् । ४१औं मिनेटमा निर्मला उपाध्ययले गोल गर्दै पुलिसलाई १–० को अग्रता दिलाइन् । ५७औं मिनेटमा निरु थापाले गोल गर्दै आर्मीको अग्रता दोब्बर पारिन् ।

६०औं मिनेटमा निरु थापाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै पुलिसलाई ३–० को सहज जित दिलाइन् ।

यस जितसँगै पुलिस ८ खेलबाट ११ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । वालिङसँग समान ११ अंक रहेपनि हेड टु हेडमा पुलिस पछि परेको हो । पहिलो राउन्डमा यि दुई टोलीले पहिलो राउन्डमा १–१ गोलको बराबरी खेल्दा दोस्रो राउन्डमा वालिङ १–० ले विजयी भएको थियो । पराजित विराटनगर ८ खेलबाट १० अंक जोडेर पाँचौ स्थानमा झरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्