Logo
Logo

महाकाली नदीमा फसेका १६ जनाको सकुशल उद्धार


दृष्टि संवाददाता

567
Shares

कञ्चनपुर, २७ माघ । महाकाली नदीको टापुमा फसेका १६ जनाको आज (मंगलबार) बिहान प्रहरीले सकुशल उद्धार गरेको छ । उनीहरु भिमदत्त नगरपालिका १२ भुजेलाघाटस्थित मलामी गएको अवस्थामा टापुमा फसेका थिए ।

भारतको टनकपुरस्थित एन.एच.पि.सि.द्वारा टनकपुर पावर हाउसको पानी सफाई गर्नको लागि महाकाली नदीमा पानी छाडेपछि बहाब बढ्न गई उनीहरु नदीको बीच भागको टापुमा फसेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, विपद् व्यवस्थापन गुल्म महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले उनीहरुको सकुशल उद्धार गरेको हो ।

प्रतिक्रिया दिनुहोस्