Logo
Logo
समाचार टिप्पणी

नेकपा दुवै पक्षको तारगेट मधेश !


दृष्टि संवाददाता


काठमाडौं, २८ माघ । यही २३ गते ओली पक्षको नेकपाले नाराणहिटी दरबार गेटमै मञ्च बनाएर जनभसा गरे । उक्त सभामा सहभागी अधिकांश तराई मूलमा थिए । जनसभामा सहभागी हुन आएका केहीले भने, ‘पशुपतिनाथको दर्शन गर्न जाउँ भनेपछि आएको हुँ ।’
प्रशंग, नेकपा प्रचण्ड–माधव समूहको बुधबार काठमाडौंमा आयोजित विरोधसभाको हो । सरकारको प्रतिगमनविरुद्ध आयोजित सभामा पनि तराईबासीको अधिक सहभागिता थियो अर्थात, पछिल्लो विकसित राजनीति घटनाक्रमसँगै दुई चिरामा विभाजित सत्तारुढ नेकपा अहिले शक्ति प्रदर्शन उत्रिएका छन् । नेकपा दुवै समूहको शक्ति प्रदर्शनमा तराईबासीको उपस्थिति अनिवार्य देखिएको छ ।
पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसमा आफ्नो उपस्थिति देखाउने प्रयास गरिरहेका छन् । कुनै समय तराईमा अर्थात मधेशमा ओली आलोचित थिए । तर, प्रतिनिधिसभा विघटनपछि अल्पमतमा परेका ओली पछिल्लो समय मधेश केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिन थालेका छन् ।
यसैबेला नेकपा प्रचण्ड–माधव समूहले बुधबार काठमाडौंमा आयोजना गरेको विरोधसभामा सहभागी हुन अधिकांश मधेशबाट आएका छन् । सहभागीमध्ये ७५ प्रतिशत मधेशी समुदाय रहेको समेत दावी गरिएको छ ।
यसअघि पनि नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा विरोधसभा गरेको थियो तर मधेशमा यतिको मान्छे आएका थिएनन् । प्रदेश २ का नेकपा प्रचण्ड–माधव समूहका सह–इन्चार्ज महेन्द्र पासवानका अनुसार मधेशमा ओलीको दमनको विरुद्धमा जनता काठमाडौं आएका हुन् ।
माघ २२ गते नेकपा प्रचण्ड–माधव समूहले आयोजना गरेको आमहडतालमा मधेशमा प्रहरीले दमन गरिएको थियो । आमहड्तालको दिन पूरै देशमा कतै दमन नभएको तर प्रदेश २ मा ठाउँठाउँमा प्रहरीले दमन गरेको र दर्जनौँ नेता तथा कार्यकर्ता घाइते भएका थिए ।
प्रतिनिधिसभा विघटन गरेपछि प्रधानमन्त्री ओलीको मधेशप्रति सोच अझै परिवर्तन नभएको कुरा आमहड्तालमा देखिएको थियो । त्यसको प्रतिसोध साँध्नलाई समते बुधबार प्रचण्ड–माधव समूको विरोधसभा मधेशी जनता काठमाडौं ओर्लिएको विश्लेषण गरिएस्को छ ।
बुधबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित विरोधसभामा अधिकांश मधेशी जनता भाडामा आएको बताइन्छ । तर, तर, नेकपामा एक नेताका अनुसार उनी भाडाका नभएर कम्युनिस्ट पार्टीलाई भोट दिने मतदाता तथा कार्यकर्ता रहेको बताए ।
प्रदेश २ का नेकपा प्रचण्ड–माधव समूहका सहइन्चार्ज पासवानले प्रदेश २ का प्रत्येक जिल्लाबाट २०–२० वटा भन्दा बढी बस आएको जानकारी दिएका छन् । त्यसबाहेक कोही मोटार साइकल, कोही निजी गाडी तथा अन्य साधनबाट पनि काठमाडौं आएको उनले दावी गरे ।
प्रधानममन्त्री ओलीले मधेश केन्द्रित आफ्नो प्रचार थालेको अवस्थामा प्रचण्ड–माधव समूहको विरोधसभामा मधेशकै कार्यकर्ताको बाहुल्यता देखिनुले अब ओलीको मधेश राजनीतिको भविष्य केहो होला ? विरोधसभामा सहभागी नेकपा कार्यकर्ताबीच चर्चाको विषय बन्यो ।

प्रतिक्रिया दिनुहोस्