असिना–पानीले विपी राजमार्ग अवरुद्ध « Drishti News – Nepalese News Portal
Logo

असिना–पानीले विपी राजमार्ग अवरुद्ध


- दृष्टि न्युज/संवाददाता


सिन्धुली, ४ फागनु । आज दिउँसो परेको असिना र पानीका कारण विपी राजमार्ग अवरुद्ध भएको छ । सिन्धुलीको सिन्धुलीगढी, खनियाखर्क, चपौली, मझुवा, मतनबास तथा सुनकोसीगढतिर क्षेत्रमा पानीसँगै परेको असिनाले वीपी राजमार्ग अवरुद्ध भएको छ हो ।
शनिबार बिहानैदेखि पानीसँगै आएको असिनाले वीपी राजमार्गलाई छोप्दा वीपी राजमार्गको सिन्धुली–नेपालथोक सडक खण्ड र मध्यपहाडी लोकमार्ग अन्तरगतको खुर्कोट–फिक्कल खण्डसमेत अवरुद्ध भएको छ । असिनाको कारण सडक क्षेत्रमा यातायात सञ्चालन गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । साथै, असिनाले स्थानीयको जनजीवन प्रभावित भएको छ ।
असिनाको थुप्रोले गर्दा यातायातका साधन चिप्लिने डर भएपछि प्रहरी र ट्राफिक प्रहरीले यातायातलाई व्यवस्थित गरी रोकिराखेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्