Logo
Logo

पाठकको घुस प्रकरणले एसएसपी सिंहलाई समेत धक्का


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ५ फागुन ।

अख्तियारमा घुसखोरीको आतंक मच्चाउने आयुक्त राजनारायण पाठकले प्रहरीको समेत दुरुपयोग गरेको खुलेको छ । आफ्नो ७८ लाख रुपैयाँ घुसकाण्ड लुकाउन उनले महानगरीय अपराध महाशाखालाई प्रयोग गरेका थिए ।


घुसकाण्डबारे भिडियो खिच्ने दुई व्यक्तिलाई महाशाखाले पक्राउ गरेको थियो । पाठकको निर्देशनमा एसएसपी धिरजप्रताप सिंहले उनीहरुलाई पक्राउ गरेका थिए । पाठकले हाल रानिजामा दिइसकेका छन् । उनीमाथि थप छानबिनको तयारी भइरहेको छ ।
छानबिनको क्रममा एसएसपी सिंहमाथि समेत कारबाही गर्न माग भएको छ । पछि गृह मन्त्रालयको दबाबपछि पक्राउ परेका दुई जनालाई एसएसपी सिंहले छाडेका थिए । पक्राउ गरेर यातना दिई आयुक्तलाई ब्लाकमेलिङ गरेको भन्दै उनले धम्काएका थिए ।
पाठकले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको समेत सहयोग लिएका थिए ।
आयुक्त हुँदा पाठकले करोडौं सम्पति जोडिसकेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्