Logo
Logo

प्रथम टाइगर कप भलिबलको उपाधि पुलिसलाई


दृष्टि संवाददाता

882
Shares

पोखरा, १ फागुन ।  नेपाल पुलिस क्लबले नेपाल एपिएफ क्लबलाई पराजित गर्दै प्रथम टाइगर कप आमन्त्रण खुल्ला भलिबल च्याम्पियनसिपको महिलातर्फ उपाधि जितेको छ ।

शनिबार पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको फाइनलमा नेपाली महिला घरेलु भलिबलमा बलियो टोली एपिएफलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिसले उपाधि जितेको हो । पुलिसले पहिलो सेटमा एपिएफलाई २५-२२ ले पराजित गरेको थियो । एक समय पुलिसले खेलमा ८ अंकको अग्रता लिँदै १८-१० को अवस्थामा थियो । एपिएफले खेलमा पूनरागमन गरेपनि सेट भने जित्न सकेन । दोस्रो सेटमा पुलिसले उत्कृष्ट प्रर्दशनका साथ २५-२२ ले एपिएफलाई हराउँदै उपाधि नजिक पुगेको थियो ।

दोस्रो सेटमा एपिएफले एक समय ५ अंकको अग्रता लिँदै १६-११ को अवस्थामा रहँदै सहज जित तर्फअघि बढेको थियो । तर पुलिसले उत्कृष्ट प्रर्दशनका साथ जित निकालेको थियो ।

तेस्रो सेटमा पुलिसले सुरुवात देखिनै उत्कृष्ट प्रर्दशन गरेको थियो । तर एपिएफले प्रतिस्पर्धा गर्दै १८-१८ को अवस्थामा पुर्याउँदै सेट लम्ब्याउने सम्भावना देखाएको थियो । पुलिसले तेस्रो सेट २५-२१ ले हराउँदै उपाधि जितेको हो ।

विजेता पुलिसले उपाधिसहित समान १ लाख ५० हजार प्राप्त गर्ने छ । उपविजेता एपिएफले ७५ हजार प्राप्त गर्ने छन् । लिग चरणमा पुलिसले एपिएफलाई ३–० को सोझो सेटमा पराजित गरेका थियो ।

प्रतियोगितामा एपिएफ, पुलिस, आर्मी र होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब सहभागी थिए । राउन्ड रोविन लिगमा पुलिस ३ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेर फाइनलमा प्रवेश गर्दा ५ अंक जोडेर दोस्रो हुदै एपिएफले फाइनलमा स्थान बनाएको थियो ।

समान ५ अंक नै भएपनि सेटको आधारमा होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब तेस्रो स्थानमा रहँदै फाइनलमा पुग्नबाट बञ्चित भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्