Logo
Logo
बालुवाटार प्रकरण

माधव नेपाल र बाबुरामबारे प्रमाण बुझाउन सर्वोच्चको आदेश


दृष्टि संवाददाता

2.5k
Shares

काठमाडाैं, २ फागुन । बालुवाटारस्थित ललिता निवास प्रकरणमा नेता माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई विपक्षी बनाई दायर गरिएको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले प्रमाण  उपलब्ध गराउन आदेश जारी गरेको छ । रिटमाथि आइतबार सुनुवाइ गर्दै न्यायाधीशहरु डा आनन्दमोहन भट्टराई र हरि फुँयालको इजलासले उक्त आदेश गरेको हो ।

आइतबार यो मुद्दाको सुनुवाइ गर्दै सर्वोच्चले प्रमाण उपलब्ध गराउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नाममा आदेश जारी गरेको हो । ललिता निवास काण्डमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई किन मुद्दा नचलाएको भनी वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले रिट निवेदन दायर गरेका थिए ।

विशेष अदालतले मुद्दा किनारा लगाउने प्रक्रिया अघि बढाइसकेको छ। यही मुद्दामा मुछिएका अख्तियारकै पूर्वप्रमुख आयुक्त दीप बस्न्यातसहित तीन जना पुर्पक्षका लागि थुनामा पठाउन विशेषले आदेश गरिसकेको छ । मूल मुद्दा भने विशेष अदालतमा विचाराधीन छ ।

१७५ जनालाई विपक्षी बनाउँदै अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। तत्कालीन भाैतिक पूर्वाधारमन्त्री एवं नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार, अख्तियारका पूर्वप्रमुख दीप बस्न्यात, पूर्वमन्त्रीहरू छविराज पन्त, चन्द्रदेव जोशीलगायत १७५ जना विरुद्ध मुद्दा दायर भएको छ।

प्रतिक्रिया दिनुहोस्