सर्लाही, २ फागुन । कांग्रेस उपसभापति विमलेन्द्र निधिले अदालतको स्वविवेकीय निर्णय मान्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेको मुद्दा अदालतमा रहेकोले अदालतको निर्णय पर्खने निधिले बताए ।
सर्लाहीको बबरगंजमा आयोजित आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा उपसभापति निधिले अदालतले निर्वाचनको पक्षमा फैसला गरे पार्टीले स्वीकार गर्दै निर्वाचन तयारीमा लाग्ने तथा संसद् पुनर्स्थापनाको पक्षमा फैसला गरे सशक्त भएर संसद्मा प्रस्तुत हुने बताए ।
अदालतको फैसला पर्खिन कार्यकर्ताहरुलाई उनले आग्रह गरे । ‘नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो, लोकतन्त्रमा न्यालयको भूमिकामा शंका गर्ने ठाउँ हुँदैन, त्यसैले हामी अदालतको निर्णय पर्खेर बसेका छौं,’ उनले भने, ‘तपाईंहरु पनि अदालतकै फैसला पर्खिदिनुस्, जस्तो फैसला आउँछ त्यहीअनुसार हामी अगाडि बढ्ने छौं ।’
उनले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक रहेको भन्दै त्यसको विरुद्धमा कांग्रेसले प्रदर्शन जारी नै राख्ने पनि बताए ।











