Logo
Logo

निरी र राष्ट्रिय आविष्कार केन्द्रबीच सहकार्य हुने


दृष्टि संवाददाता


काठमाडौं, ३ फागुन ।
नेक्सस इन्स्टिच्युट अफ रिसर्च एन्ड इनोभेसन (निरी) र राष्ट्रिय आविष्कार केन्द्र बिच नेपालमा विज्ञान र प्रविधिको क्षेत्रमा अनुसन्धान गर्न र इनोभेसनलाई प्रवद्र्धनमा सहकार्य हुने भएको छ ।

यसका लागि दुई संस्थाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। निरीका संचालक समिति सदस्य दिपक उप्रेतीका अनुसार राष्ट्रिय आविष्कार केन्द्रले निरीका अनुसन्धानकर्ताहरूलाई र निरीले राष्ट्रिय आविष्कार केन्द्रलाई अनुसन्धानको लागि आवश्यक तालिम र ज्ञान उपलब्ध गराउनेछ । सम्भव भएसम्म सहकार्य गरिएका अनुसन्धानलाई अन्तर्राष्ट्रिय स्तरका जर्नलहरूमा प्रकाशित गर्न सहयोग गर्ने सम्झौतामा उल्लेख छ । दुवै संस्थाले सहकार्य गर्न सकिने क्षेत्र तथा प्रोजेक्टहरू पहिचान गरी संयुक्त अनुसन्धान र इनोभेसनमा सहकार्य गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्