Logo
Logo

सरकारले तीन वर्षमा के-के काम गर्याे ? (पूर्णपाठसहित)


दृष्टि संवाददाता

2k
Shares

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षे कार्यकालका उपलब्धी सार्वजनिक गरेका छन् । प्रधानमन्त्री ओलीले दोस्रोपटक प्रधानमन्त्री बनेको आज फागुन ३ गते ठिक ३ वर्ष पुगेकाे अवसरमा उनले उपलब्धी सार्वजनिक गरेका हुन् ।

आफूले प्रधानमन्त्रीका रुपमा जिम्मेवारी सम्हाल्दा देशको अर्थतन्त्र अन्योलमा रुमल्लिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कोभिड–१९ का बाबजुद अहिले देशको अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढिरहेको दावी गरे ।

सुरुमा प्रतिनिधिसभा विघटन गर्नुपर्नाको कारणबारे चर्चा गरेका उनले पछि कामका विवरणहरु सुनाए । नेकपाकै केही नेताहरुले समानान्तर सरकार चलाउन खोजेकाले संसद विघटन गरेर ताजा जनादेशमा जाने निर्णय गर्नु परेको बताउँदै प्रधानमन्त्री ओलीले निर्वाचन तोकिएकै मितिमा हुने बताए ।

प्रधानमन्त्री ओलीले सार्वजनिक गरेको सरकारका उपलब्धिको पूर्णपाठ यस्तो छ-

प्रतिक्रिया दिनुहोस्