Logo
Logo

ओलीको प्रतिगामी कदमलाई परास्त गरेरै छाड्छाैँ : अध्यक्ष प्रचण्ड


दृष्टि संवाददाता

12.2k
Shares

भरतपुर, ३ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले बैंशाखमा निर्वाचन गर्नै नसक्ने बताएका छन् । सोमबार भरतपुर विमानस्थलमा सोमबार पत्रकारसँग कुरा गर्दै उनले संसद विघटन चुनाव गर्नकाे लागि गरिएको कदम नभएको बताए ।

उनले प्रधानमन्त्री केपी ओलीको प्रतिगामीकदमलाई परास्त गरेरै छाड्ने बताए । लामो बलिदान र सङ्घर्षबाट प्राप्त उपलब्धि अहिले धरापमा रहेको जनाउँदै प्रचण्डले संविधान र लोकतन्त्रको रक्षाका लागि नै आफूहरु आन्दोलनमा रहेको जिकिर गरे ।

प्रचण्डले पहिले राजामहाराजाले गर्ने जस्तै पञ्च¥याली जम्मा गर्ने, जमिन बाड्छौं भनेर मान्छे उतार्ने कामले केही अर्थ नहुने बताए ।

प्रचण्ड सोमबार दिवङ्गत आफ्ना सम्धी भरतपुर महानगरपालिका वडा नं ७ निवासी नरबहादुर केसीप्रति श्रद्धाञ्जली अर्पण गर्न चितवन आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्