Logo
Logo

प्रतिनिधिसभा विघटनको विरोधमा अनेरास्ववियूले निकाल्यो मसाल जुलुस


दृष्टि संवाददाता

945
Shares

काठमाडौं, ३ फागुन । प्रतिनिधिसभा विघटनको विरोधमा अनेरास्ववियू आर आर कमिटीले मसाल जुलुस निकालेको छ । प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै उनीहरूले सोमबार साँझ मसाल जुलुश निकालेका हुन् ।

प्रधानमन्त्रीको कदमविरुद्ध प्रदर्शनीमार्गस्थित आर आर क्याम्पसबाट मसाल जुलुस निकालको हो । उनीहरुले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध नारा समेत लगाएका थिए ।

उनीहरुले सरकारविरुद्ध नारा लगाउँदै मसाल जुलुस प्रदर्शन गरेका थिए । सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले हस्तक्षेप गरेपछि नारावाजीमा उत्रेका अनेरास्ववियू आवद्ध विद्यार्थीहरूले टायर बालेका थिए ।

प्रधानमन्त्रीको कदम सच्चाउनुपर्ने भन्दै विरोध स्वरुप मसाल जुलुस निकालिएको उनीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्