Logo
Logo

निसानको नयाँ किक्स गाडी अब नेपालमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपालका लागि निशान मोटर्सद्वारा उत्पादित गाडीहरुको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले लामो समयदेखि प्रतिक्षामा रहेको निसानको उत्कृष्ट गाडी किक्स आज फागुन ५ गते आइतबारदेखि बजारमा ल्याएको छ । किक्स गाडीले आफ्ना ग्राहकहरुलाई विशेष सुविधासहित आरामदायी सेवा दिने जनाएकोछ । यसको फराकिलो भित्री भाग र स्टाइलिष्ट (आकर्षक) बाहिरी भागले ग्राहकहरुलाई आकर्षित गर्नेछ भने अति राम्रा विशेषता सहित सुरक्षाको हिसावले अब्बल मानिएको किक्स गाडी नेपाली बजारमा इन्टी लेभलको रु ४७,९९,००० मा र टप लेभलको रु. ५९,९९,००० मा पाइने जनाइएको छ ।

किक्सका अन्य कतिपय विशेषता छन्, जसमा ८ इन्चको टचस्क्रिन जसलाई एन्ड्रोइड तथा एप्पल प्रणालीद्वारा सञ्चालन गर्न सकिन्छ साथै एलईडी प्रोजेक्टरको हेड ल्याम्प, अटोमेटिक क्लाइमेट कन्ट्रोल, कूल र इलुमिनेटेड ग्लोभ बक्स, क्रुज कन्ट्रोल, भ्वाइस रिकग्निसन, गाडी स्टाटको लागि साँचो नचाहिने स्मार्ट कार्ड, चालकको लागि हाइट मिलाउन मिल्ने सिट, दुईवटा एयरब्याग र ईबीडी र बीए सहितको एबीएस समावेश गरिएको कम्पनीले जनाएको छ ।
यो सीयुभी गाडी डिजेल इन्जिनमा एक्सएल, एसभी र एक्सभी प्रिमियम गरी तीन प्रकारका र पेट्रोल इन्जिनमा एक्सएल र एक्सभी गरी दुईप्रकारका रहेका छन् । यसैगरी नयाँ निसान किक्स पर्ल ह्वाइट, ब्लेड सिल्भर, ब्रोजन ग्रे फायर रेड, एम्बर अरेन्ज, जीप ब्लु पर्ल र नाइट सेड गरी जम्मा ७ प्रकारका विभिन्न कलरमा पाइनेछन् ।
उक्त अवसरमा पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार सारदाले विश्वस्तरीय नयाँ सवारी साधन नेपाली उपभोक्तासँग ल्याउन सकेकोमा खुशी व्यक्त गर्दै भने, जसले नेपालीको अभिरुचि पूरा गर्नेछ साथै यसबारे नेपालीहरुमा रहेको उत्सुकता पूरा गरेकोछ र हामीलाई विश्वास छ र कारप्रेमी नेपालीहरुको मन जित्नेछ ।
यसको स्टाइलिस डिजाइनले यसको क्षमता र ड्राइभिङ्ग डाइनामिक्सलाई परिपूरकको काम गरेको छ । नयाँ निसान किक्सको पेट्रोल इन्जिनमा १.५ एचफोरके को ५ स्पीड म्यानुअल ट्रान्समिसन रडिजेल इन्जिनमा १.५केनाइनके डीसीआई को ६ स्पीड म्यानुअल ट्रान्समिसनमा उपलब्ध रहेका छन् । यसको माइलेज क्षमता उत्तम मानिएको छ भने पेट्रोल इन्जिनले प्रतिलिटर १४.२३ किलोमिटर र डिजेल इन्जिनले प्रतिलिटर २०.४५ किलोमिटर गाडी चल्नसक्ने एआरएआईले प्रमाणित गरेको छ । यी गाडीहरु पायोनियरको नयाँ बिक्रीकक्ष काठमाडौं उत्तरढोका र देशभरका बिक्री केन्द्रहरुबाट खरिद गर्न पाइने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्