Logo
Logo

सम्सारा रेमिट र नेशनल एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । सम्सारा रेमिट प्रालिले खाडी मुलुकमा आफ्नो सेवालाई अझै बिस्तार गर्दै जाने क्रममा कतारस्थित रेमिट्यान्स कम्पनी नेशनल एक्सचेन्जसँग विप्रेषण सेवा प्रदान गर्नेसम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा सम्सारा रेमिटको तर्फबाट डाइरेक्टर व्यवसाय प्रवन्धक सुरज क्षेत्री र नेशनल एक्सचेन्जको तर्फबबाट महाप्रवन्धक मोहमद मुस्ताफाले एक कार्यक्रमबीच हस्ताक्षर गरेका छन् ।

उक्त कार्यक्रममा नेशनल एक्सचेन्जका प्रमुख सञ्चालक साइद अलिको पनि उपस्थित थियो । हस्ताक्षरपछि नेशनल एक्सचेन्जका महाप्रवन्धक मुस्ताफाले भने ‘सम्सारा रेमिटले कतारमा आफ्नो छुट्टै पहिचान बनाइसकेको हुँदा दुई कम्पनीबीचको सहकार्यले आउने दिनमा ग्राहकले विशिष्ट सेवा पाउने विश्वास व्यक्त गरे ।’ उक्त सहकार्यले सम्साराको कतारमा थप सञ्जाल विस्तार भएको छ । यस सम्झौताअनुसार कतारमा रहेका नेपालीहरुले आफूले कमाएको रकम नेशनल एक्सचेन्जको ५ वटा शाखाबाट सजिलैसँग नेपालमा पैसा पठाउन सक्नेछ । सो रकम सम्सारा रेमिटको नेपालभरि रहेका ५६ सयभन्दा बढी सवएजेन्टहरुमार्फत नगद भुक्तानी लिन सक्नेछन् र रकम बुझिलिने व्यक्तिको नेपालमा कुनै पनि बैंक तथा वित्तीय संस्थामा रहेको खातामा रकम जम्मा गराइदिने समेत व्यवस्था रहेको छ ।
सम्सरा रेमिट २०६३ सालमा स्थापना भई विश्वका सबैजसो देशहरुबाट नेपाली कामदारहरुले कमाएको रकम विदेशी मुद्रामा भित्र्याउने कार्य गर्दै आएको छ । यो कम्पनीले एक्सप्रेस मनी, मनीग्राम, वल्र्ड रेमिट, इन्स्ट्यान्ट क्यास र ट्रान्सफास्टजस्ता विश्व प्रशिद्ध कम्पनीहरुसँग सहकार्य गरी विदेशमा रहेका नेपालीहरुलाई विप्रेषण सम्बन्धी सेवा विगत दश वर्षदेखि सुलभ र सजिलोसँग प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्