Logo
Logo

छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ । सुनसरी, बझाङ र सप्तरीमा भएका छट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । सुनसरी, गढीगाउँपालिका–१ बस्ने पिताम्बर चौधरीको घर आँगनमा को.२त ६७५० नम्बरको ट्याक्टरको ट्रलीले किच्दा चालक दुहबी नगरपालिका–११ तनमुना बस्ने ४० वर्षीय धीरेन्द्र चौधरीको घटनास्थलमै मृत्यु भएको छ । उक्त ट्याक्टरबाट आइतबार दिउँसो सिमेन्ट र रड अनलोड गर्न लाग्दा ट्याक्टरको हाइड्रोलिक खराब भएपछि बनाउने क्रममा हाइड्रोलिक खस्न गई उनलाई ट्रलीले किचेको थियो ।

त्यसैगरी बझाङको जयपृथ्वी नगरपालिका–११ तापृकोटस्थित सडकमा चैनपुरबाट धानीलेकतर्फ जाँदै गरेको से.१ज ८९० नम्बरको जिप सडकबाट अन्दाजी १५० मिटर तल खसेर आइतबार राति दुर्घटना हुँदा सोही नगरपालिका–११ बस्ने ४८ वर्षीय धौले जोशी र १२ वर्षीया समु जोशीको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएकी सोही नगरपालिका बस्ने ४३ वर्षीया कविता जोशी समेत १६ जनालाई उपचारको लागि जिल्ला अस्पताल बझाङ लगिएको छ ।
त्यसैगरी सप्तरी अग्निसाइर कृष्णासवरन गाउँपालिका–२ स्थित सडकमा ना.५ख १६५१ नम्बरको ट्रक आफैँ अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा ट्रकमा सवार बारा निजगढ नगरपालिका–८ बस्ने २५ वर्षीय भरत तामाङ र उदयपुर घर भएका २१ वर्षीय अशोक लामाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ट्रक चालक बारा निजगढ नगरपालिका–८ बस्ने २१ वर्षीय सौरभ लामाको स्थानीय धर्मेश्वर अस्पताल सप्तरीमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले उद्धार एवं आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्