Logo
Logo

अनुसन्धानमा शंका नगरिदिनुस्, प्रमाण पुगेरै पक्राउ गरेका हौं : डीआईजी सुवेदी


दृष्टि संवाददाता


काठमाडौं, ५ फागुन । सुदूरपश्चिम डीआईजी उत्तमराज सुवेदीले भागरथी हत्या प्रकरणमा वर्षीय दिनेश भट्टलाई प्रमाण पुगेरै पक्राउ गरेकाे बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीमा हत्यामा संलग्‍न रहेकाे भनिएका भट्ट सार्वजनिक गर्ने क्रममा प्रहरीले गरेको अनुसन्धानलाई शंका नगर्न उनले आग्रह गरे । उनले भने, ‘कृपया, हामीलाई डिमोरलाइज नगरिदिनुस्, प्रोत्साहन दिनुस्, अपराधी पत्ता लगाउन हामीले गरेकाे अनुसन्धानलाई कृपया शंका नगरिदिनुस् ।’

उनले निर्मला हत्या प्रकरण जस्तो नहोस् भन्‍नेमा प्रहरी सचेत रहेको पनि बताए । डीआईजी सुवेदीले भागरथी हत्या प्रकरणको अनुसन्धानमा कुनै त्रुटि नगरिने प्रतिबद्धता जनाउँदै न्यायमाथि विश्वास गर्नुपर्नेमा जोड दिए ।

‘हामी शिक्षित पनि छौं, चिन्तित पनि छौं । र, निर्मला हत्या घटना नदोहोरियोस् भनेर हामी चिन्तित पनि छौं । त्यसैले म विनम्रतापूर्वक अनुरोध गर्छु– न्यायमाथि विश्वास पनि गर्नुपर्छ । यो घटनामा कुनै पनि त्रुटि नहुने यहाँहरुका सामु म वचनबद्धता पनि जाहेर गर्न चाहन्छु,’ उनले भने ।

डीआईजी सुवेदीले आरोपितको तत्कालको घटनास्थलमा देखिएको उपस्थिति, नियन्त्रणभमा लिनुअघि गरिएको सोधपुछका क्रममा दिएको बयान, प्राविधि रुपमा गरिएको अनुसन्धानका क्रममा देखिएको प्रमाणका आधारमा अपराधमा संलग्‍नलाई पक्राउ गरिएको समेत जिकिर गरे ।

 

प्रतिक्रिया दिनुहोस्