Logo

डिजाइनमा फसे ईश्वर पोखरेल


दृष्टि संवाददाता


काठमाडौं, ७ फागुन । राष्ट्रिय सभागृहमा २०७४ जेठ ३ गते पार्टी एकता गर्दैगर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँगै बसेका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को मुख हेर्दै भनेका थिए– ‘नेकपा भनेको टेम्पु हो र ? यो त ठूलो जहाज हो, जुन जहाजमा दुई जना पाइलट हुन्छ ।’ ओलीले यसो भनिरहँदा प्रचण्ड मुसुमुसु हाँसिरहेका थिए ।
ठूलो जहाजको पाइलट बनाएकोमा उनी पनि दंग थिए । सायद त्यतिबेला नै ओलीले मनमनै सोच्दै थिए होलान्– ‘बल्ल पर्यो नीरमाया माकुरी जालैमा ।’ वास्तवमा त्यो पार्टी एकता थिएन, प्रचण्डलाई सिध्याउने ‘डिजाइन’ थियो भन्ने कुरा अहिलेको घटनाले पुष्टि गरेको छ ।

त्यो डिजाइनरको चाहना नेकपा एमाले र माओवादी केन्द्र एकै प्रहारमा सिध्याउने खेल थियो, जुन २०७७ पुस ५ गतेको घटनाले पुष्टि गर्छ । यो कुरा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई राम्रैसँग थाहा थियो । त्यसैले उनले पार्टी एकता हुँदादेखि नै विरोधका स्वर ओकलिरहेका थिए । उनलाई पनि ओली र प्रचण्ड किन एक सय असी डिग्रीमा घुमिरहेको छ भन्ने लागिरहेको थियो ।
गत पुस ५ गतेको संसद् विघटनपछि एकताको ‘डिजाइनर’को भूमिका फेरिएको छ । पहिलो ‘डिजाइन’मा ओली सिद्धिए भने अब सिद्धिने पालो ईश्वर पोखरेलहरुको आएको छ । किनभने, तत्कालीन नेकपा एमालेमा राष्ट्रवादी छवि बनाएका पोखरेलहरु नसिध्याउञ्जेल कम्युनिष्ट आन्दोलन कमजोर हुँदैन । त्यसैले नवौं महाधिवेशनबाट महासचिव निर्वाचित पोखरेल त्यत्रो पार्टी एकता हुँदा ‘टुहुरो’ जस्तै बने, बनाइयो । आज उनी निरीह बन्दैछन् ।

आफूलाई महासचिवबाट हटाउने षड्यन्त्र थाहा हुँदाहुँदै पनि उनीले लामो समय मौनता साँधे । जब ओलीले संसद् विघटन गरे, त्यसपछि बल्ल उनले प्रतिगमनको पक्षमा बोल्न थालेका छन् । महासचिवबाट हुत्याइएपछि उपप्रधानमन्त्रीसमेत उनलाई बन्न दिइएन । उनको चाहना अर्थ तथा उपप्रधानमन्त्री बन्ने थियो । तर, उनलाई रक्षामा लगेर थन्क्याइयो ।

रक्षामा लगेपछि उनले त्यो पद अस्वीकार गर्छन्, त्यसपछि खेलै खत्तम भन्नेमा ‘डिजाइनर’ थियो । तर, उनले अपमान सहदै रक्षामन्त्री स्वीकारे । अहिले उनीलाई बिनाविभागीय मन्त्रीका रुपमा प्रधानमन्त्री कार्यालयमा थन्क्याइएको छ । त्यहाँ उनको एउटा सचिव जत्तिको पनि जिम्मेवारी छैन ।

नेकपा फुटको संघारमा पुगेपछि पोखरेल दंग होलान् । तर, फुटमा उनले आफ्नो राजनीतिक भविष्य जोगाउन सक्ने छैनन् । पार्टी एकताको बलमा काठमाडौंबाट झिनो मतले निर्वाचन जितेका उनले ओलीले तोकेको वैशाखमै निर्वाचन सम्पन्न भए जमानत जोगाउन पनि सक्ने छैनन् । त्यसपछि उनको राजनीतिक हैसियत र भूमिका पूर्वएमालेमा शंकर पोखरेलको जति पनि हुने छैन । यो कुरा बढी बुझेरै नेपालको राजनीतिबाट पोखरेल अलप हुने भए ।

 

भारतीय सेना प्रमुख मनोजमुकुन्द नरणवेको नेपाल भ्रमण हुने कुरा टुंगो लाग्नासाथ उनको रक्षा मन्त्रालय प्रधानमन्त्री आफैँले राखे । यो पनि नियोजित षड्यन्त्र थियो । किनभने, नेकपा एमालेमा ओलीपछि शक्तिशाली पोखरेल थिए । उनलाई त्यो शक्तिमा आउन नदिन ओली नै प्रयोग भए ।
नेकपा फुटको संघारमा पुगेपछि पोखरेल दंग होलान् । तर, फुटमा उनले आफ्नो राजनीतिक भविष्य जोगाउन सक्ने छैनन् । पार्टी एकताको बलमा काठमाडौंबाट झिनो मतले निर्वाचन जितेका उनले ओलीले तोकेको वैशाखमै निर्वाचन सम्पन्न भए जमानत जोगाउन पनि सक्ने छैनन् । त्यसपछि उनको राजनीतिक हैसियत र भूमिका पूर्वएमालेमा शंकर पोखरेलको जति पनि हुने छैन । यो कुरा बढी बुझेरै नेपालको राजनीतिबाट पोखरेल अलप हुने भए ।

अझ पनि समय बितिसकेको छैन । पोखरेलजस्ता प्रभावशाली नेताले आफ्नो अस्तित्व जोगाउने हो भने त्यो ‘डिजाइन’बाट बाहिरिनुपर्छ । ओलीको प्रतिगमनविरुद्ध आन्दोलनमा आउनुपर्छ । टुकुचामा नुहाएर सफा भइन्न । टुकुचा टुकुचै हो, वाग्मती त नेकपा प्रचण्ड–माधव समूह नै हो, जसको नेतृत्व प्रचण्ड–माधवले गरेका छन् । जसको पक्षमा सिंगो देश उभिएको छ ।

प्रखर वक्ता, राष्ट्रवादी छवि बनाएका विचारमा स्पष्ट पोखरेलले आफ्नो राजनीतिक भविष्य नसोच्ने हो भने ओली गुटको अवसानसँगै उनको राजनीतिक पतन सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्