Logo
Logo

दशकौंदेखिको विकास र समृद्धिको नेपाली चाहना पूरा हुने विन्दुमा : प्रम ओली


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौंदेखिको विकास र समृद्धिको नेपाली चाहना अब पूरा हुने विन्दुमा आइपुगेको बताउनुभएको छ ।

६९ औँ प्रजातन्त्र दिवशका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले वर्तमान सरकार समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यका साथ आर्थिक एवं सामाजिक रुपान्तरणका लागि केन्द्रित भएको बताउनुभएको छ ।
“निरङ्कुशतन्त्र र अधिनायकवादलाई परास्त गर्ने हामी अब गरिबी, बेरोजगारी, पछ्यौटेपन, विभेद र अविकासका विरुद्ध केन्द्रित भएका छौँ” प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ “हामी आर्थिक विकास र सामाजिक न्याय सहितको परिपूर्ण लोकतन्त्रको दिशामा अग्रसर छौं ।”
२००७ साल फागुनमा आजकै दिन जहाँनिया राणा शासनको अन्त्य भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले प्रजातन्त्र प्राप्तिको उक्त आन्दोलनमा शाहदत प्राप्त गर्ने सबैमा श्रद्धान्जली व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले जनताको त्यही बलिदानीले देश अहिले नयाँ प्रणाली,नयाँ परिपाटी र नयाँ संविधानको अभ्यासमा रहेको उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्