Logo
Logo
कविता

तानाशाहको दरबार


राजेन्द्र तारकिणी


  • राजेन्द्र तारकिणी

तानाशाहको दरबार
नारायणहिटीजत्रै मात्र हुँदैन
सिंहदरबारजस्तै मात्र हुँदैन
हिटलरी ‘बेर्घोफ’ जस्तै मात्र पनि हुँदैन
हेर्नुहोस् महाशय—
बालुवाटारको तीन नम्बरी गेटबाट चिहाएर
तानाशाहको अर्को दरबार
कस्तो देखिन्छ
कत्रो देखिन्छ ?

नागरिकका नलिहाड र करङकहरू
पिल्लर बनेर उठाइएको त्यो दरबार
गरिबका खून–पसिना र आँसुको वाइन पिएर
हेर्नुहोस् त आज, मैमत्त छ
लट्ठिएको छ विवेक
शहीद–रक्तको इनामेलले टलक्क त्यो दरबार
फेरि एकपटक रगत पिउन तम्तयार छ ।
०००

प्रतिक्रिया दिनुहोस्