Logo
Logo

‘प्रतिनिधिसभा मार्न पाइँदैन, ‘निरंकुश सरकार चाहिँदैन’


दृष्टि संवाददाता

567
Shares

काठमाडौं, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि विभिन्न संवैधानिक निकायमा नियुक्ति गरेको विरोधमा शनिबार काठमाडौंमा प्रदर्शन भएको छ ।
‘प्रतिनिधिसभा मार्न पाइँदैन, ‘निरंकुश सरकार चाहिँदैन’ नारासहित ‘अहिंसात्मक नागरिक प्रदर्शन’मा ब्यानरमा भएको प्रदर्शनमा प्राध्यापक डा. गोविन्द केसीलगायतका नागरिक अगुवाहरुको सहभागिता रहेको छ ।
प्रदर्शनकारीले ‘न्यायिक सुशासन कायम गर, संविधानको रक्षा गर, नागरिक अघि बढ्दैछ सवसत्तावाद ढल्दैछ, निरंकुश सरकार चाहिँदैन, संविधनविरुद्धको षड्यन्त्र बन्द गर’लगायतका नारा अंकित प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । ओलीको कदमविरुद्ध निरन्तर प्रदर्शन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्