Logo
Logo

सुध्रिएनन् सशस्त्रका कमाण्डर


दृष्टि संवाददाता


काठमाडौैं, १० फागुन ।
सशस्त्र प्रहरीका गण तथा गुल्महरुमा नयाँ टोलीका कमाण्डर गएपछि सुधारको अपेक्षा थियो । तर, त्यसविपरीत राशनमा हुने मनपरी र अधिक बिदा छाड्ने विकृती उस्तै छ ।


विभिन्न गण तथा गुल्मका इन्चार्जविरुद्ध अहिले उजुरी बढेको छ । हिमशिखर गुल्मका गुल्मपति डिएसपी किशोर श्रेष्ठ अधिक बिदा छोडेर मातहत कर्मचारीको राशनमा तर मारिरहेका छन् । यता १८ नम्बर गुल्म दोलखाका गुल्मपति डिएसपी बुद्धिनारायण महर्जन समेत संगठनको आदेश बिपरित राशनमा मात्र केन्द्रीत रहेको कर्मचारी बताउँछन् । उनी कमजोर कमाण्ड क्षमता भएका अधिकृतका रुपमा चिनिन्छन् ।

उता ३२ नम्बर गुल्म मनाङका डिएसपी होमनाथ पन्थीमाथि समेत छानबिन सुरु भएको छ । मनाङमा हाल राशन मासिक झन्डै १० हजार रुपैयाँ छ । यस हिसाबले करिब १ सय १५ जना कर्मचारि कार्यरत सो गुल्मबाट ५० बढी नियमित बिदामा छाड्ने गरिएको छ । यी त केबल प्रतिनिधि पात्र मात्र हुन्, सशस्त्रका अधिकांश गण तथा गुल्ममा यस्तो समस्या छ । विगतमा केही कारबाहीमा परेपनि अहिले छानबिन र कारबाही सुस्ताएको छ । जसकारण अनियमितता बढेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्