Logo
Logo

नागरिक लगानी कोष र फलेवास नगरपालिकाबीच सम्झौता


दृष्टि संवाददाता


काठमाडौं । पर्वतको फलेवास नगरपालिकाका असंगठित क्षेत्रका बिपन्न मजदुरको ५ सय रुपैया  योगदान तथा नगरपालिकाद्वारा ५ सय रुपैयाँ थप गरी मासिक १ हजार रुपैयाको दरले प्रति महिना रकम जम्मा गर्ने गरी नागरिक लगानी कोष र फलेवास नगरपालिकाबीच सम्झौता भएको छ ।

सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र नगरपालिकाका तर्फबाट नगर प्रमुख पदमपाणी शर्माले हस्ताक्षर गरेका छन् । उक्त योजनामा सहभागी करिब ७०० असंगठित क्षेत्रका बिपन्न मजदुरहरुले ६० बर्ष पुगेपश्चात मासिक रुपमा पेन्सन प्राप्त गर्ने वा सावाँ, ब्याज तथा प्रतिफलसहित एकमुष्ठ रकम लिन सक्ने गरी सहभागिता गराइएको छ । यस पेन्सन योजनाको बैकिङ पार्टनरको रुपमा एनआइसी एसिया बैंक रहेको छ ।

नगरपालिकाको यस कार्यक्रमलाई एनआइसी एसियाको कुश्मा शाखाबाट सेवा प्रदान गर्ने व्यवस्थासमेत गरिएको छ । पहिलो चरणमा सहभागी भएका प्रत्येक सहभागीलाई सामाजिक उत्तरदायित्व अन्तर्गत कोषको तर्फबाट १÷१ सय रुपैयाँ सहभागीको खातामा थप गर्ने कोषका कार्यकारी निर्देशक नेपालले बताए । सो अवसरमा नगरपालिका प्रमुख, उपप्रमुखलगायत अन्य दलका प्रतिनिधिले नगरपालिकाको  कदम, कोषको सहयोग र सहकार्यको प्रशंसा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्