Logo
Logo
टिप्पणी

फेरि जन्मदैनन् ओली


शम्भु श्रेष्ठ


 

तीस वर्षे पञ्चायत निरंकुश तानाशाही व्यवस्था धराशयी हुँदा २०४६ साल चैत २७ गते खुलामञ्चबाट सर्वोच्च नेता गणेशमान सिंहले ‘यो नेपाली जनताको जीत हो’ भन्दा सिंगो जनता जुरुक्कै उठेका थिए ।

त्यही आमसभामा गिरिजाप्रसाद कोइरालाले ‘यो जीत पञ्चको पनि जीत हो’भन्दा कोइरालाको व्यापक विरोध भयो । र, उनी बोल्दा–बोल्दै मञ्चबाट बाहिरिनु पर्यो । कोइरालाप्रतिको आक्रोश शान्त गर्न पद्मरत्न तुलाधरलाई हम्मे–हम्मे पर्यो । नभए कोइराला खुलामञ्चमै धुलो पिठो भइ सक्थे । अहिले ओली त्यही हालतमा पुगेका छन् ।

नेपाली जनता जहिलेपनि प्रतिगमनविरुद्ध उभिएको इतिहास जीवित भएको छ । जनताकै बलले नेपालमा गणतन्त्र स्थापना भयो । जब–जब नेपालमा राजनीतिक संकट आउँछ, तब–तब नेपालको न्यायलय पनि सत्यको पक्षमा उभिएको इतिहास छ । आज सर्वोच्च अदालतले संसद पुनःस्थापनाको पक्षमा गरेको ऐतिहासिक फैसलाले पनि यो कुराको पुष्टि गरेको छ ।

सर्वोच्च अदालत सिंगो नेपाली जनताको आस्था र भरोसाको केन्द्र बनेको छ । यो फैसलाले अदालतप्रतिको आस्था र विश्वासलाई अझ उँचो बनाएको छ । सर्वोच्च अदालतको यो फैसलाले नेपाली जनता सार्वभौम अधिकार सम्पन्न छन् भन्ने कुराको पनि पुष्टि भएको छ । यो फैसला सँगसँगै अब नेपालमा केपी ओली जन्मदैनन् ।

सर्वोच्च अदालत सिंगो नेपाली जनताको आस्था र भरोसाको केन्द्र बनेको छ । यो फैसलाले अदालतप्रतिको आस्था र विश्वासलाई अझ उँचो बनाएको छ । सर्वोच्च अदालतको यो फैसलाले नेपाली जनता सार्वभौम अधिकार सम्पन्न छन् भन्ने कुराको पनि पुष्टि भएको छ । यो फैसला सँगसँगै अब नेपालमा केपी ओली जन्मदैनन् ।

नेपालको संविधान २०७२ ले राजनीतिक स्थायित्वयको सिद्धान्त बोकेको छ । सात सालदेखि नेपाली जनता अहिलेसम्म नेपाल सम्पूर्ण कुराले समृद्ध हुँदाहुँदै पनि नेपाली जनता गरिबी रेखामुनि बाँच्नुपर्ने बाध्यताको मुख्य कारण राजनीतिक अस्थिरता हो । यो अवस्थाबाट नेपाली जनतालाई मुक्त गर्न २०७२ सालको संविधान बनेको हो । तर, दुर्भाग्य ‘लोकतन्त्रबाटै तानाशाह जन्मन्छ’ भनेझै यो संविधानले केपि ओली जन्मायो ।

माओवादीसँग पार्टी एकता गरेपछि दुईतिहाइ बहुमतसहित प्रधानमन्त्री बनेका ओलीले जनताको भावना बुझ्न सकेनन् । ‘मै राज्य हुँ’ भन्ने शैलीमा उनले संविधानको दुरुपयोग गर्न खोजे ।

वास्तवमा उनले गर्न खोजेको कुरा संविधानसम्मत थिएन, हुने कुरा पनि भएन ‘आकाशमा थुकेपछि त्यो थुक आफ्नै मुखमा फर्किन्छ’ भनेर उनलाई सम्झाउने पनि कोही भएनन् । त्यसको परिणाम ३ करोड जनतामा आज उनी एक्लो भएका छन् ।

‘विश्वको इतिहासमा हरेक तानाशाह पतन यसैगरी हुन्छ र लोकतन्त्रलाई जीवन पद्दति बनाउँदै देश अगाडि बढ्छ’ भन्ने कुराको अभ्यासलाई सर्वाेच्चको यो निर्णयाले पुष्टि गरेको छ । प्रधानमन्त्री ओलीले पुस ५ गते चालेको कदमले यो संविधानको उपलब्धि गुम्ने होकि भन्ने चिन्तामा रहेका आम नेपाली सर्वाेच्चको यो फैसलापछि नयाँ अध्यायमा प्रवेश गरेका छन् ।

सर्वोच्चको फैसलाबाट अब संविधानसभाबाट बनेको यो संविधानलाई दुरुपयोग गरेर कुनैपनि निरंकुश, तानाशाह जन्मन सक्ने छैन । सर्वाेच्च अदालतको यो फैसलाले संविधानको रक्षा मात्र गरेको छैन, नेपाली जनताको बलिदानीबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको समेत संरक्षण गरेको छ । यो नै सर्वाेच्च अदालतको फैसलाको मूल मर्म हो ।

प्रतिक्रिया दिनुहोस्