Logo
Logo

कुमारी बैंकको अगुवाइमा माथिल्लो राहुघाट जलविद्युत आयोजनाको सहवित्तीयकरण सम्झौता सम्पन्न


दृष्टि संवाददाता


काठमाडौं । कुमारी बैंक लिमिटेडको अगुवाईमा सहवित्तीयकरण कर्जा अन्तर्गत तुदि पावर कम्पनी प्राइभेट लिमिटेडले निर्माण गर्न लागेको म्याग्दि जिल्ला भएर बग्ने राहुघाट खोलामा बन्न लागेको ४८.५० मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत परियोजनाको लागी आवश्यक वित्तिय व्यावस्थापन गरिएको छ । उक्त सहवित्तीयकरण सम्झौताअन्र्तगत कुमारी बैंक लिमिटेडबाहेक ग्लोबल आइएमई बैंक, सहअगुवाई बैंकको रुपमा रहेको छ भने अन्य सहभागी बैंकको रुपमा सिद्धार्थ बैंक लिमिटेड, नेपाल क्रेडिट एण्ड कमर्ज बैंक लिमिटेड र माछापुच्छ्र्र्रे बैंक लिमिटेड रहेका छन् ।

यस परियोजनाको कूल लागत खर्च रु ८ अर्ब ३० करोडमध्ये सहवित्तीयकरण बैंकहरुबाट जम्मा ऋण कर्जा ५ अर्ब ८१ करोड प्रवाह हुनेछ । प्रवद्र्घक कम्पनीको मुख्य लगानीकर्ताको रुपमा हिमालयन इन्फ्रास्ट्रक्चर फण्ड लिमिटेड, तुदी इन्भेष्टमेन्ट कम्पनी प्राइभेट लिमिटेड र महेश्वरप्रकाश श्रेष्ठ रहनेछन् भने वैदेशिक लगानीकर्ताको रुपमा चिनियाँ कम्पनी, सिचुवान जी अन्ताई एनर्र्जी डेभेलपमेन्ट कम्पनी लिमिटेड रहनेछ ।

परियोजनाबाट विसं २०८० सम्म विद्युत उत्पादन गर्ने लक्ष्य लिईएको छ । जलविद्युत आयोजना राष्ट्रिय प्राथमिकता क्षेत्र अन्तर्गत पर्ने गएको हुनाले, बैंक तथा वित्तीय संस्थाहरुले यस क्षेत्रमा लगानीको दायरा बढाइरहेका छन् ।

आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६२ एटिएम, २२ शाखारहित बैंकिङ इकाई तथा १३ एक्सटेन्सन काउन्टरमार्फत अत्याधुनिक बैंकिङ सेवा सुविधाहरु दिँदै आएको कुमारी बैंकले राष्ट्रिय प्राथमिकताअन्तर्गतका विविध आयोजनामा लगानी गर्दै आइरहेको र उक्त कार्य निरन्तररुपमा अघि बड्दै जाने बैंकले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्