Logo
Logo

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब युकेमा पनि सुरु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब युकेबाट पनि सुरु भएको छ । यो सेवा सुरु भएलगत्तै युकेबाट नेपालमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको ७००० भन्दा बढी एजेन्टहरुमार्फत सिधैं भुक्तानी लिन सकिने या कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न सकिने भएको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफर, युकेबाट भालापे मोबाइल एप् र इन्टरनेट बैंकिङमार्फत पनि सहज तरिकाले कारोबार गर्न सकिनेछ । हस्ताक्षर समारोहमा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र सिटी एक्सप्रेस मनी ट्रान्सफर युकेको तर्फबाट प्रबन्ध निर्देशक करम हादुर गुरुङले हस्ताक्षर गरेका थिए । सिटी एक्सप्रेस नेपालले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १२ वर्षदेखि विश्वभरि आफ्नो रेमिट एजेन्ट्हरुबाट ७ हजारभन्दा बढी नेपालको एजेन्ट्हरुमार्फत भुक्तानी प्रदान गर्दै आइरहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्