Logo
Logo

नेपाल इन्भेष्टमेन्ट बैंकको ३५औं वार्षिकोत्सव सम्पन्न, १ खर्ब ६९ अर्बको निक्षेप संकलन गर्न सफल


दृष्टि संवाददाता


काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (एनआईबीएल)ले फागुन १४ गते आफ्नो स्थापनाको ३५औं वार्षिकोत्सव मनाएको छ । यस अवसरमा बैंकले ‘सम्मान ¥याली’को आयोजना गरेको छ । कोभिड–१९ को विश्वव्यापी महामारीका समयमा स्वास्थ्यकर्मी र अग्रस्थानमा रहेर काम गर्ने श्रमिकहरूप्रति एक्येबद्धता प्रकट गर्नका लागि उक्त ¥यालीको आयोजना गरेको हो । यसबाहेक बैंकले स्वास्थ्यकर्मीको लागि उचित ब्याजदर प्रवद्र्धनात्मक कर्जा योजना पनि सुरुवात गरेको छ ।


यस अवधिसम्ममा बैंकले ८७ शाखा, ३० एक्सटेन्सन काउन्टर, ५९ शाखारहित बैंकिङ केन्द्र र १३० एटीएममार्फत गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ । यस अवधिमा २९ अर्ब रुपैयाँको पुँजीगत आधारका साथमा संगठित क्षेत्र (कर्पोरेट), साना तथा मझौला उद्यम (एसएमई) र व्यक्तिगत ग्राहक गरी १२ लाखभन्दा अधिक ग्राहकलाई सेवा पु¥याइसकेको छ ।

त्यस्तै १६९ अर्ब रुपैयाँको निक्षेप संकलन तथा १५५ अर्ब रुपैयाँको कर्जाको पोर्टफोलियो कायम गर्दै विपन्न वर्ग तथा राष्ट्रिय प्राथमिकताका क्षेत्रहरूमा बैंकिङ सुविधा उपलब्ध गराइ राष्ट्रिय अर्थतन्त्रको उत्थानमा योगदान पुर्याउँदै आएको छ । बैंकले ५ अर्ब रुपैयाँभन्दा बढीको देशभरी वित्तीय आवश्यता बढी रहेका ३० हजारभन्दा बढी व्यक्तिलाई सिधै लघु कर्जा उपलब्ध गराएको छ ।

बैंकले डेबिट कार्ड, इएमआइसहित क्रेडिट कार्ड, लकर, इ–कमर्श (इ–कम)÷अनलाइन भुक्तानी र एसएमइ÷खुद्रा कर्जा आदि बैंकिङ सेवाहरूमा ६५ प्रतिशतको विशेष छुट प्रदान गर्नेछ । यस अवसरमा बैंकले आफ्नो तेस्रो चित्रकथा (कमिक) पुस्तक ‘हाम्रोे सुख–दुःखका साथी, बैंक कति जाती’ नामक पुस्तक पनि सार्वजनिक गरेको छ । यो पहल अन्तर्गत “चिडियाखानाको भ्रमण’ र ‘बैंकसँगको नाता, मेरो आफ्नै बचत खाता”, शीर्षकका चित्रकथा पुस्तक सार्वजनिक गरिसकिएका छन् । यी चित्रकथा पुस्तकहरु विगतका वार्षिकोत्सवमा वित्तीय साक्षरता अभिवृद्धिका लागि प्रकाशन गरिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्