पशुपतिनाथ मन्दिर परिसरमा बैंक अफ काठमाण्डूको डिजिटल दान पेटिका « Drishti News – Nepalese News Portal
Logo

पशुपतिनाथ मन्दिर परिसरमा बैंक अफ काठमाण्डूको डिजिटल दान पेटिका


दृष्टि संवाददाता


काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडद्वारा आफ्नो डिजिटल कारोबार क्यूआर कोड सुरु गरेको छ । बैंकले आज पशुपतिनाथ मन्दिर परिसरमा दान तथा भेटीहरु संकलनार्थ क्यूआर कोडको सेवा एक औपचारिक कार्यक्रमका बीच सुरु गरेको हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सो क्यूआर कोडको सुभारम्भ गरेका हुन् । कार्यक्रममा सम्बोधन गर्दै गभर्नर अधिकारीले अब उपरान्त पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने सम्पूर्ण भक्तजनहरुले डिजिटल तवरले दान गर्ने व्यवस्था मिलाएकोमा बैंक अफ काठमाण्डू लिमिटेड र पशुपति क्षेत्र विकास कोषलाई धन्यवाद ज्ञापन गरे ।

अधिकारीले नगद रहित कारोबारलाई नेपाल राष्ट्र बैंकले अभियानको रुपमा संचालन गरिरहेको जानकारी गराउँदै डिजिटल कारोबारबाट हुने आर्थिक एवं सामाजिक फाइदाहरुको बारेमा प्रकाश पारे । उक्त कार्यक्रममा सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत शोभन देव पन्तले नगद रहित कारोबारको अभियानलाई बैंकले प्राथमिकतामा राखेर अगाडिठ बढाइरहेको जानकारी गराए ।

साथै, उक्त कार्यक्रममा श्री पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदिप ढकालले डिजिटल दान पटिकाले मन्दिर परिसर भित्रहुने दान तथा भेटीहरु व्यवस्थापनमा सहयोग पुग्ने भएकाले यस कार्यको लागि बैंक अफ काठमाण्डू लिमिटेडको प्रशंसा गरे । हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरहरुबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्