Logo
Logo

मानवतस्करीमा काठमाडौंका ठूला कन्सलटेन्सी, प्रहरीले छानबिन गर्ला ?


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ९ फागुन ।

‘हाम्रो टाइम त गयो गयो, बुबा आमाले दुःख गरेर पठाएको पैसा समेत खाइदिए’ मंगलबार बेलुका अष्ट्रेलियाबाट रुँदै एक नेपाली बिद्यार्थीले टेलिभिजन कार्यक्रममा भनिन् । उनी जस्तै एक हजार भन्दा धेरै नेपाली बिद्यार्थीहरु अष्ट्रेलियामा बिचल्लीमा परेका छन् । दर्ता नै नभएको कलेजमा भर्ना गरेर उनीहरुलाई ठगी गरिएको हो । जसमा नेपालका ठूला कन्सलटेन्सीहरु जोडिएका छन् ।
े सिड्नीमा रहेको एआइबिटी (एसियन इन्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी) मा दर्ता नै नभइकन भर्ना भएका विद्यार्थीहरू कलेज खारेजीमा परेपछि एक हजार भन्दा धेरै नेपाली बिद्यार्थीहरु बिचल्लीमा परेका हुन् ।

‘कन्सल्टेन्सीले दुई चार लोभ गरेर हामीलाई दुःख दियो’, आफ्नो पढाइ, पैसा र समय बर्बाद भएको भन्दै कार्यक्रममा सिड्नीबाट भिडियो कुराकानीमा आएकी एक नर्सिङ विद्यार्थीले रुदै भनेकी छिन, ‘आमा बाबाले दुःख गरेर पठाएको पैसा पनि खायो ।’

यसरी ठगे कन्सलटेन्सीहरुले
नेपालमा नर्सिङको प्रमाणपत्र तहमा उत्रिर्ण गरेका विद्यार्थीहरूलाई अस्ट्रेलियामा पढाइदिने भन्दै विद्यार्थीहरूलाई कन्सलटेन्सीहरुले विज्ञापन गरे । विज्ञापनको क्रममा एआबिटी कलेज विश्वस्तरिय भएको बताए । २ वर्षमै नर्सिङको व्याचर सकिने र एक वर्ष क्रेडिट पाउने पनि कन्सल्टेन्सीले बताए । विद्यार्थीहरूलाई ट्रान्सफर गर्न पनि गर्न सकिने कन्सलटेन्सीहरुले बताए । विद्यार्थीले पत्याए । पछि अफर लेटर आयो । उनीहरुले करिब २० लाख रुपैयाँ बुझाए ।
कन्सलटेन्सीहरुले भने सेप्टेम्बर सम्ममा दर्ता भइसक्ने बताए । विद्यार्थीहरू यही आशा बोकेर अस्टे«लिया पुगे । लाखौँ खर्च गरेर डेढ वर्ष पढेपछि समाचारबाट विद्यार्थीले थाहा पाए एआबिटीको दर्ता खारेजी भयो । अर्थात् कलेज बन्द भयो । यो थाहा पाएपछि विद्यार्थीले कन्सलटेन्सीहरुलाइ सोधे । कन्सलटेन्सीहरुले विद्यार्थीले नै राम्रो जानकार नराखेर दर्ता नभएको भन्दै पन्छिए ।
भिसाको म्याद सकिएर नेपाल फर्कने जोखिम
यसरी विभिन्न कन्सल्टेन्सीहरुले ठगेका विद्यार्थीहरू चौतर्फी मारमा परेका छन् । एकातर्फ कसैको डेढ र कसैको एक वर्षको पढाइ, पैसा र समय सकियो । अर्कोतर्फ कलेजले विद्यार्थीलाई अर्को कलेज पढ्न जान आवश्यक रिलिज लेटर दिएको छैन । र, सबैभन्दा ठुलो समस्या चाहिँ अर्को कलेजबाट विद्यार्थीहरूलाई सिओइ (कन्फरमेसन अफ इनरोलमेन्ट)भनिने भर्नाको सुनिश्चितता पत्र नहुँदा भिजाको म्याद नै सकिनेछ । म्याद सकिएपछि विद्यार्थीहरू रित्तै हात ऋण बोकेर नेपाल फर्कनु पर्नेछ ।


ठूला कन्सेलेन्सीमाथि कारबाही होला ?
अस्टे«लियाको सिड्निमा एआबिटी कलेज बन्द भएर अलपत्र परेका हजार बढी विद्यार्थीहरू अहिले अलपत्र छन् । उनीहरू आफन्त र मिडियासँग धुरुधुरु रोएर सहजिकरणको लागी याचना गरिरहेका छन् । यसरी विद्यार्थीलाई रुवाउने विभिन्न आठ वटा कन्सलटेन्सीहरु भएको विद्यार्थीहरूले सिधाकुरासँग बताएका छन् । यस्ता कन्सलटेन्सीहरुमा सबैभन्दा धेरै विद्यार्थी ठग्नेमा एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेस र मर्सि एजुकेसन भएको विद्यार्थीको भनाइ छ । यस्तै, अन्य कन्सल्टेन्सीहरुमा अल्फाबिटा, कंगारु एजुकेसन, डल्फिन, एबिसी माइग्रेसन एन्ड एजुकेसन, काठमान्डु इन्फोसिस र कैलाश एजुकेसन लगायतका रहेका छन् । यी काठमाडौंका ठूला कन्सलटेन्सी हुन् । बिद्यार्थीहरुलाई विदेश पठाएर उनीहरुले करोडौं कमाइसकेका छन् । तर, अहिले बिद्यार्थी बिचल्लीमा परेपछि उनीहरु केही बोलेका छैनन् । यस्तो अवस्थामा इक्यान समेत चुप छ । किनकी इक्यानकै पूर्व अध्यक्षहरुको कन्सलटेन्सी समेत अहिले ठगी प्रकरणमा मुछिएको छ । पीडितका परिवारहरु प्रहरीमा जाने तयारीमा छन् । प्रहरीले मानव तस्करी गर्ने कन्सलटेन्सीमाथि कारबाही गर्छ कि गर्दैन, धेरैको चासोको विषय छ ।

प्रतिक्रिया दिनुहोस्