Logo
Logo

सिटिजन्स बैंकका ग्राहकले सुप्रिम क्याफे एन्ड लाउन्जमा छुट पाउने


दृष्टि संवाददाता


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र सुप्रिम क्याफे एन्ड लाउन्ज बार न्यूरोडबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट क्रेडिट÷प्रिभिलेज कार्डवाहकहरुले सुप्रिम क्याफे एन्ड लाऊन्ज बारमा सेवा लिँदा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल देशैभरि फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा एटिएम र १०७ शाखारहित बैंकिङ एकाइहरुबाट करिब सात लाख ग्राहक वर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्