Logo
Logo

१३ खर्ब ६८ अर्ब वरावरको लगानी चीनले भारतमा गर्नुको अर्थ


- दृष्टि न्युज/संवाददाता



चीनले भारतमा गत पाँच वर्षमा १३ खर्ब ६८ अर्ब रुपैयाँ वरावरको लगानी गरेको इन्भेष्ट इण्डिया नामक भारतीय सरकारी एजेन्सीले जनाएको छ । नेपालमा चीन र भारतलाई आपसमा लडाएर खाने सोचेका केही नेताहरुले चीन र भारतका विचमा ब्यापार तथा व्यवसाय वढेको तथ्य प्रति आँखा चिम्लेका छन् ।

चीनका ७ सय भन्दा वढी कम्पनिहरुले भारतमा उद्योग तथा व्यवसाय खोलेका छन् । नेपाल सरकारको एक वर्षको वजेट १३ खर्ब १५ अर्ब मात्रै छ । नेपालको एक वर्षको सरकारी वजेट भन्दा वढी लगानी मोदीको समयकालमा मात्रै चीनले भारतमा गरेको छ । यसले चीन र भारत विच आर्थिक सम्वन्धमा वृद्धि भएको स्पष्ट गर्दछ ।

सन् २०१७÷१८ मा चीन र भारत विच १०२ खर्ब १४ अर्ब रुपैया वरावरको व्यापार भयो । सन् २०१६÷१७ मा यी दुइ देश विच ९६ खर्ब ३३ अर्ब रुपैयाँ वरावरको व्यापार भयो । अर्थात नेपाल सरकारको वार्षिक वजेट भन्दा दशौं गुणा वढी व्यापार एक वर्षमा यी दुई देश विच भएको छ र यो परिमाण वढ्दैछ ।

नेपालमा भन्दा भारतमा लगानी गर्न चीन उत्साहित देखिएको छ । यसले चीन भारत विच लडाएर आफ्नो तुच्छ स्वार्थ पूरागर्न खोज्ने नेपालका ठुलावडाहरुको जाली झेली तरिकाले अब धेरै काम दिने देखिन्न । भारतका विरुद्ध चीनको कार्ड खेल्ने महेन्द्रपथ अब काम नलाग्ने बन्दैछ । तर केही नेताहरु महेन्द्रपथलाई छोड्न चाहेको देखिन्न । हिजो भारतको दलाली गर्नेहरु नै महेन्द्र पथमा लागेर चिनियाँ कार्ड फेरि खेलाउन खोज्नेहरुले अझै सवक सिक्न वाँकि छ ।

नेपालको हकमा उल्टै चीन र भारतले सल्लाह गरेर काम गर्न थालेको देखिन्छ । भारतलाई चिढ्याएर नेपालका केही दलाल नेताहरुको हितमा पछुवा हुन अब चीन नचाहने देखिन्छ ।

नेपालको कालापानी भूभाग भएर भारत र चीन विच व्यापार गर्ने सहमतिमा नेपाललाई थाहा नदिइ भारत र चीनले सहमति गरेको विषयले पनि यी दुई देश मिलेर नेपाललाई वाइपास गर्दै अघि वढ्न पनि सक्छन् भन्ने देखिएको छ ।

भारतले नाकावन्दी गर्दा चीनले जति सहयोग गर्न सक्दथ्यो, त्यो नगरेकोवाट पनि चीन भारतलाई चिढ्याउन चाँहदैन भन्ने स्पष्ट हुन्छ । चीनले केही टैंकर तेल त पठायो त्यो वेला । तर भूकम्पले क्षति पुगेको कोदारी नाका अहिले सम्म पनि खोलेको छैन । जून नाका नेपाल चीन विचको प्रमुख व्यापार नाका थियो ।

नेपालको विवादमा परेर चीनले भारतको विशाल आम्दानी र नाफा हुने वजार गुमाउन पक्कैपनि चाहँदैन । चीन भारत विचको आर्थिक सम्वन्धमा भएको वृद्धिले नयाँ परिस्थिति तर्फ संकेत गरेकोछ ।

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्